९९ प्रतिशत वैदेशिक रोजगार व्यवसायी इमान्दार छन्
असार १६ गते
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लामो इतिहास बोकेको संस्था हो । यसले वैदेशिक रोजगारको क्षेत्रमा आफ्नै खालको भूमिका स्थापित गरेको छ । यसलाई हामीले आम व्यवसायीको छाता संगठनको रूपमा विकास गर्दै लगेको छौँ । यद्यपि पछिल्लो समयमा यहाँभित्र विभिन्न समस्याहरू पनि देखिएका छन् । मेरो प्रतिबद्धता भनेकै मुल रूपमा यो संघलाई संस्थागत ढंगले चलाउने, आम व्यवसायीको पक्षमा यसलाई उपयोग गर्ने र आम व्यवसायीहरूको हक, हित र सुरक्षाको निम्ति बनाउने, व्यवसायलाई भरपर्दो, व्यवस्थित र मर्यादित बनाउनका लागि मेरोे उम्मेदवारी हो । संघमा मेरो उपस्थितिले आम व्यवसायीमाझ संघको कार्यशैली पारदर्शी र भूमिका बढी प्रभावकारी बन्नेछ ।
वैदेशिक रोजगार व्यवसायी र कामदारको हक, हित र अधिकारका कुरामा प्रतिबद्धता त सबैले ब्यक्त गर्ने गरेका छन तर काम भने भनेजस्तो भएको देखिदैन । तपाइँबाट चाँहि कसरी बिश्वस्त हुन सक्लान र व्यवसायीले ?
म माथि विश्वास गर्ने भनेको प्रथमतः मेरो प्रतिबद्धता हो र भोलि मैले गर्ने काम कारबाहीको आधार हो । अहिले नै तैँले यो गर्दैनस्, ऊ गर्दैनस् भनेर भन्नु त्यत्ति उचित होइन होला भन्ने लाग्छ । आम व्यवसायीको बिश्वास प्राप्त भएपछि मतले दिएको म्यान्डेड पूरा गर्न म सक्षम र तत्पर छु । बिगतमा धेरैले कुरामात्रै गरे होलान् र काम भने भनेजस्तो भएन होला तर म चाहिँ काम गरेर नै देखाउँछु । प्रतिबद्धता ब्यक्त गरेपनि अहिलेसम्म संघको नेतृत्वमा आएका हरूमध्ये धेरैमा व्यवसायीप्रतिको जिम्मेवारीबोध नभएको कारण संघको प्रभावकारीता दिनप्रतिदिन घट्दै गएको अबस्था पनि छ । त्यसलाई सुधार गर्दै आमव्यवसायीको हितका लागि म संघलाई व्यवसायीमैत्री र जिम्मेवारीबोधका साथ अगाडि बढाउने प्रतिबद्धता सबै साथीहरूमाझ जनाउन चाहन्छु ।
संघमा हुर्केको गलत प्रबृति सुधार्ने के कस्तो योजना छ त तपाईसँग ?
अहिले संघ अध्यक्ष एकजनाको मनोमानीमा चल्दै आएको अबस्था छ । यो कुनै व्यक्तिको निजी सम्पत्ति होइन, न कि उसले खल्तीमा हालेर संघ चलाओस् । अब यसलाई संस्थागत बनाउनुपर्छ, संस्थागत रूपमा चलाउनुपर्छ र त्यसको अनुभुति आम व्यवसायीलाई म दिलाएरै छाड्ने छु । म टिमवर्कमा बिश्वास गर्छु । यो संघमा करिब साँढे सातसय व्यवसायी साथीहरू सदस्य हुनुहुन्छ, उनीहरू सबैको अपनत्व हुनेगरी संघलाई अगाडि बढाउँछु । त्यसो हुँदा सबै सदस्य साथीहरूले हाम्रो पनि संघ छ, संघले हाम्रो लागि पनि केही गर्छ भन्ने कुराको आभास म दिलाउने छु । यसका अलावा व्यवसायीको हक, हित र अधिकारका कुरा त आधारभूत भई नै हाले । यसअघिका नेतृत्वले संघलाई खल्तीमा हाल्दा र टिमवर्कमा बिश्वास नगर्दा संघ आम ब्यबसायीको हितमा भएन र संघमा समस्या आएको भन्न खोज्नु भएको हो ?
यो कुरा मैले भन्नु भन्दा पनि आम व्यवसायी र तपाइँ मिडियाका साथीहरूलाई समेत राम्रैसँग थाहा छ नि, के कसरी संघका गतिविधि भइरहेका थिए र छन् भनेर । विगत एक वर्षदेखि संघको नामबाट जे–जस्ता कामहरू भएका छन् के त्यसले संघको प्रतिष्ठा बढेको छ त भन्दा छैन बरु घटेको छ हैन र !
तपाईँ नै निर्वाचित हुने आधार चाहिं के देख्नु हुन्छ त ?
मलाई व्यवसायीले पत्याउने वा जिताउने धेरै आधारहरू मैले माथि नै उल्लेख गरिसकेको छु । मेरो मुल उद्देश्य भनेकै संस्थालाई संस्थागत रूपमा अगाडि बढाउने र व्यवसायीलाई परेको समस्यासँग जुध्ने र समाधान खोज्ने यही नै हो, मेरो प्रतिबद्धता । यहाँ धेरै र ठूला कुरा गर्नेहरू पनि मेरा प्रतिस्पर्धी होलान् तर म धेरै कुरा गरेर व्यवसायीलाई भुलभुलैयामा राख्दिनँ । सक्ने काम गर्छु /भन्छु र नसक्ने काम साथीहरुलाइ साथै लिएर प्रयत्न गर्नेछु । कतिपय काम कागजमा नलेखे पनि काम गर्न सकिन्छ । काम गर्न कागजमै लेखिनुपर्छ भन्ने मान्यता म मा छैन । त्यसले गर्दा थोरै बोल्छु र धेरै काम गरेर देखाउँछु । यससँगै वैदेशिक रोजगारमा जाने आम नेपाली कामदारहरूलाई सुरक्षित ढंगले रोजगारमा जाने वातावरण निर्माण गर्दै वैदेशिक रोजगारको सम्पूर्ण क्षेत्रलाई नै व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने महाअभियान तिर मेरो अर्जुनदृष्टि रहनेछ । व्यवसायी साथीहरुमा यो कुरा राखिराखेको छु र यो नै मेरो अध्यक्ष पदमा निर्बाचित हुने आधार हो ।
विगतका विभिन्न उम्मेदारका घोषणापत्र र व्यवहारलाई हेर्दा त तपाइँका यी कुराहरू पनि आदर्शमै सीमित हुने व्यवसायीमा आशंका रहला नि त ?
मेरो योजना सफल बनाउन पहिलो कुरा त मलाई व्यवसायीले म्यान्डेड दिनुप¥यो । त्यसपछि मात्रै अहिले मैले भनेको कुरा कार्यान्वयनको पक्ष सुरु हुनेछ । हो, पहिलेका धेरै घोषणापत्रहरू कार्यान्वयन नभएकै हुन् र मैले भनेका कुराहरू पनि शतप्रतिशत कार्यान्वयन नहुन पनि सक्छन् । अहिले यस क्षेत्रमा धेरै चुनौती र समस्याहरू छन् । ती समस्याहरू क्लियर गर्दै जाने हो भने काम गर्न सहज हुन्छ र मैले भनेजस्तो कामहरू गर्ने वातावरण बन्छ । त्यसका लागि पहिलो कुरा त म वातावरण निर्माणतिरै लाग्नेछु । तर आम व्यवसायीको साथ नेतृत्वले पाउने हो भने जस्तोसुकै समस्यासँग पनि जुध्न सकिन्छ । त्यसका लागि व्यवसायिक एकताका लागि मेरो जोड रहनेछ ।
धेरै चुनौती र समस्याहरू छन भन्नु भो ! समस्या चाहिँ के छन त अहिले ?
वैदेशिक रोजगारको क्षेत्रमा देखिएको अहिलेको मूल समस्या भनेको वैदेशिक रोजगार ऐन २०६४ नै हो । यो ऐन समय सापेक्ष नभएको कारणले अन्तर्राष्ट्रिय बजारमा हामीले फेस गर्न सकिरहेका छैनौँ । हाम्रो जस्तो ‘सेन्डिङ कन्ट्री’ मा डकुमेन्टेशनका कुराहरू धेरै हुने गरेका छन् । यसले गर्दा ‘रिसिभिङ कन्ट्री’सँगको तालमेल मिलाउनै गाह्रो भइरहेको छ । यसभन्दा बाहेकका समस्याहरू पनि धेरै छन्, जस्तो व्यवसायी र कामदारका सुरक्षा, ‘जिरो कस्ट’ का कुरा, ‘जीटुजी’ का कुरा लगायतका गम्भीर समस्याहरू पनि देखिएका छन् । यसले गर्दा हामी व्यवसायी मर्कामा पर्न थालिसकेका छौँ । अब हामी सहेर बस्ने समय छैन । जतिसक्दो छिटो व्यवसायिक एकताको सन्देशसहित हामीले आफ्ना आवाजहरूलाई बुलन्द पार्नुपर्ने बेला आइसकेको छ ।
तपाईंले भने अनुसार सबैभन्दा ठूलो समस्या भनेको विद्यमान ऐन समयसापेक्ष नहुनु हो, त्यसो त तपाइँहरूले त्यो ऐनको धारा १५–१९ सम्ममा बुँदाहरू नै हटाउने र आफू छाडा हुने कोशिस गरिरहनु भएको छ भन्ने आरोप पनि छ नि ?
हामीले ऐन चाहिँदैन, वा ऐनले बाँध्नै हुन्न भनेका छैनौँ । भएको ऐनलाई परिमार्जन गरौँ, समय सापेक्ष बनाऔँ, अन्तर्राष्ट्रिय बजार सुहाउँदो नीतिहरू निर्माण गरौँ भनेका छौँ । प्रविधिको विकासले डाँडा काटिसक्दा हामीचाहिँ किन १६औँ शताब्दीको झैँ भएर बस्ने ?
अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि ‘फलो’ गरौँ भन्ने आम व्यवसायीको माग हो । तपाइँले उल्लेख गर्नुभएको धार १५–१९ सम्मका बुँदाहरूचाहिँ बढी झन्झटिलो भएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा सबै भिसाका कागजातहरू अनलाईनमार्फत लिने, दिने र ल्याउने भईसक्यो तर हामी कहाँ अहिले पनि फाइल बनाएर ढड्डामा लेखेर बस्ने नै छ । त्यसले गर्दा १५–१९ सम्मका बुँदालाई करेक्सन गरेर व्यवसायी र कामदारले छिटो, सरल र सुरक्षित ढंगले काम कसरी गर्न सकिन्छ त्यसरी नै त्यसलाई विकास गरी प्रविधिमैत्री बनाउन जरुरी छ । प्रविधिमैत्री नभए अन्य देशका कामदारहरू माग भएको १०/१५ दिनमै रोजगारदाता मुलुकमा पुग्न सक्ने भए, तर हाम्रा कामदार भने महिनौंसम्म पनि उड्न सक्ने वातावरण नबन्ने भयो भनेर हामीले त्यसलाई समय सापेक्ष भन्दै आएका हौँ ।
सरकार आफैले कामदार पठाउँने कुरामा पनि तपाईहरुको बिरोध छ रे ! सरकार आफैले कामदार पठाउँदा तपाइँहरूलाई के समस्या हुन्छ र ?
हामीले पनि नेपाली कामदारले जतिसक्दो सस्तो वा सित्तैमा रोजगारमा जाउन् भन्ने नै चाहन्छौँ । तर सरकारले ‘जिरो कस्ट’ को नाममा व्यवसायीलाई असर पर्ने गरी गरेका केही निर्णयहरूप्रति हाम्रो आपत्ति रहेको छ । राज्यले जसको पायो त्यसैको कुरा सुनेर हामी सरोकारवालाहरूसँग छलफल नै नगरी निर्णयहरू गर्दा हामी अचम्ममा परेका छौँ । फेरि यसरी ‘जिरो कस्ट’ मै झार्ने हो भने पनि एकैचोटी भन्दा विस्तारै घटाउँदै लगेको भए पनि हुन्थ्यो । ‘तातै खाउँ, जलेरै मरौँ’ भन्ने जसरी गरिएको यी निर्णयका कारण सरकारले पछि पछुताउनुको विकल्प छैन । अर्को अचम्मको कुरा त राज्य आफैले कोरिया पठाउँदा चाहिँ मनग्य रकम असुल गर्न हुने अनि हामी व्यवसायीले चाहिँ सित्तैमा कामदार पठाउनु पर्ने यो कस्तो अभ्यास हो, सरकारको । राज्यको यस्तो द्वैध चरित्रको विरुद्धमा पनि आमव्यवसायीको साथमा निर्बाचित भएलगत्तै मेरो नेतृत्वको संघ लाग्नेछ ।
सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने भन्दै ‘जिटुजी’ को अवधारणा ल्याएको छ, तपाइँहरूले आपत्ति जनाइरहनु भएको छ, तर सरकारले भने हामी डिमाण्ड ल्याईदिन्छौँ, विजिनेस त व्यवसायीकै हो भन्दै आएको छ नि ?
यो कुराको कुनै तुक छैन, सबै कुरा हाँस्यास्पद हो । हामी अहिले खुला बजार अर्थतन्त्रतिर लम्किरहेका छौँ । यस्तो अवस्थामा सरकारले सबै काम गर्ने भए हाम्रो के काम ? सरकारले व्यापार नै गर्ने भए वा सक्छ भने दैनिक उपभोग्य वस्तुहरू आयात गरेर आम उपभोक्तालाई सस्तो दरमा बिक्री गरोस् न । किन वैदेशिक रोजगारको व्यापार गर्नुप¥यो ? यसो भन्दैमा यो काम सरकारले गर्नै हुन्न भन्ने हाम्रो तर्क पनि होइन । तर, सरकारले यसो गर्नुअघि हामीले अहिलेसम्म गरेका उपलब्धि र वैदेशिक रोजगारीका क्षेत्रमा निजी तवरबाट भएका विभिन्न खालका प्रयासहरूलाई किन मूल्याङ्कन नगरेको ? हामीले दुःख गरेर डिमाण्ड खोजेर ल्याउने अनि सरकारले त्यसको व्यापार गर्ने ? सरकारको काम व्यापार गर्ने भए हामी व्यापारिक संस्थाहरूको लाईसेन्सको के अर्थ छ ? त्यसले गर्दा यो जीटुजीको अवधारणा नै गलत छ ।
तपाईंहरूले पठाएका कामदारहरूमा बढी समस्या आयो, कतिपय व्यवसायीहरू जिम्मेवार भएनन्, तोकिएको काम र दाम पाउँदैनन् भन्नेजस्ता आरोपहरू पनि व्यवसायीमाथि छ, यसले गर्दा पनि सरकारले हस्तक्षेप गर्नुपर्ने अबस्था आएको पो हो कि ?
सरकारले पठाएको दक्षिण कोरियाको रोजगारीमा समस्या छ कि छैन ? त्यहाँ कार्यरत सबै कामदारले तोकिएको तलव र काम पाएका छन त भन्दा छैनन्, डिप्रेसमा परेर कतिपय कामदारहरूले आत्महत्या गरिरहेका छन् । कामको सिलसिलामा त्यहाँ पनि मानिसहरू अंगभंग भइरहेका छन् । कामको दुःख भयो भनेर दिनदिनै पत्रपत्रिकाहरूमा दुःखका भोगाइहरूले भरिएका अक्षरहरू हामीले किन पढ्नुपरेको त, त्यहाँ हामीले पठाएर हो ? सरकार किन मुकदर्शक भएर बसेको ? यसको जिम्मा सरकारले लिनु पर्दैन ? समस्यालाई व्यवस्थित गर्न छोडेर सरकार आफै व्यापार गर्न लाग्नुलाई कसरी जायज मान्न सकिन्छ ? सरकारको काम के यही हो त ? सरकार भन्दा त हामी धेरै जिम्मेवार छौँ । कम्तिमा दुःख पाएर फर्केका कामदारलाई क्षतिपूर्ति त दिएका छौँ । समस्या त जहाँ पनि हुन्छन् नि, केवल एक/दुईओटा समस्याले पुरै ९९ प्रतिशत राम्रा कामलाई ढपक्कै ढाक्ने काम कसैले पनि गर्नु हुदैन । नेपाली जनमानसको मानसिकता र तपाइँ मिडियाकर्मीहरू पनि दोषी हुनुहुन्छ यसमा, १ प्रतिशत नराम्रोको पछि लाग्नुहुन्छ तर खोई ९९ प्रतिशत राम्रो कामको चर्चा ! हामीले गरेका राम्रा कामको चर्चा खोइ ?
त्यसो हो भने यस्ता समस्याहरू समाधान कसरी गर्न सकिन्छ भन्ने लाग्छ तपाईलाई ?
हामी व्यवसायी त ‘मोरल हाई’ बनाएर यस व्यवसायमा लागेका छौँ । व्यवसायीका लागि पनि आचारसंहिता छ, कोही पनि त्योभन्दा बाहिर जान पाउँदैन । मुनाफा कमाउने हाम्रो संस्था भए पनि नेपाली कामदारहरू कसरी सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान सक्छन त भन्नेमा हामी सँधै नै चनाखो भइरहेका हुन्छौँ । यति गर्दा गर्दै पनि कहिलेकॉहि देखिने समस्या समाधानका लागि यससँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, संघ÷संस्थाहरूको भूमिका प्रभावकारी हुनसक्यो भने यस्ता समस्याहरू समाधान हुने देखिन्छ । यद्यपि सरकारको सहभागिता त छँदैछ । तर सरकारको भूमिका भन्नुस वा सहभागिता सहयोगीका रुपमा हुनुपर्छ ।
वैदेशिक रोजगार व्यवसायीहरू विभिन्न ध्रुवमा बॉडिएको अबस्थामा बिगत १ बर्षको अबधीलाई हेर्ने हो भने जसले जितेपनि आउने कार्यसमितिले पनि राम्रोस‘ग काम गर्न नपाउने वातावरण देखिन्छ, सबै व्यवसायीहरूलाई कसरी समेटनु हुन्छ त ?
निर्वाचनको पूर्वसन्ध्यामा सम्पूर्ण व्यवसायी, यससँग सम्बन्धित संघ संस्था, हामीलाई माया गर्ने अन्य सम्बन्धित संघ संस्थाहरू सबैलाई म के आग्रह गर्दछु भने अहिले वैदेशिक रोजगारको क्षेत्र निक्कै अप्ठेरो अवस्थामा छ, यसको विकल्प पनि राज्यले दिन सकिरहेको छैन । यस्तो अवस्थामा हामी धेरै जिम्मेवार र संयमित बन्नुपर्ने बेला छ । राज्यले आफ्नो दायित्व पूरा गरेन भन्दैमा हामीले पनि आफ्नो कर्तव्यलाई भुल्नु हुँदैन र नैतिकवान भएर अगाडि बढ्नुपर्दछ । विगतमा के–के भए भन्दा पनि भावी दिनमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने तिर हामी सबैको ध्यान केन्द्रित हुन जरुरी छ । विगतका कुराहरू भोलि इतिहासले समीक्षा गर्नेछ । आज हामी लोकतान्त्रिक विधि र प्रक्रिया अपनाइरहँदा भोलि एकजनाले जित्ने र अर्कोले हार्ने निश्चित छ, तर त्यसलाई व्यवसायीको जित ठानेर जित्नेलाई होर्नेले सहयोग गरेर र होर्नेलाई पनि हारको फिलिङ्स हुन नदिईकन समेटेर लैजानुपर्दछ र आजको आवश्यकता पनि यही हो । त्यसकारण हिजोको तितो बिर्सनुनै भविष्यका लागि उज्ज्वल मार्गदर्शन हो भन्ने मलाई लागेको छ । हिजोका विवाद र विरोधले गर्दा अल्टिमेट्ली हामीलाई निक्कै ठूलो घाटा भइसकेको छ, यसतर्फ सबैले सोच्न जरुरी छ ।
दलिय राजनीतिमा व्यवसायीहरू घुसेको बेला तपाईले ब्यक्त गर्नु भएको आर्दशले व्यवसायीहरूमा ब्यबसायिक एकता सम्भब होला त ?
विचार नभएको धेरै मान्छे जोगी हुन्छ, यदि त्यो नभए पनि थोरै मात्रै त्यसरी आस्थाको विचार नराख्ने साथीहरू हुनुहुन्छ होला । म स‘ग जो जो साथिहरु प्रतिस्पर्धामा आउ‘दै हुनुहुन्छ उहॉ पनि कुनै राजनीतिक संगठनबाटै आउ‘दै हुनुहुन्छ । तर आज निर्वाचनका बेला जुनसुकै वादको झण्डा बोकेपनि जितेर संघभित्र प्रवेश गर्दा राजनीतिक टोपी खोलेर व्यवसायीको टोपी लगाउनुपर्छ । सबैले व्यवसायिक भावना उजागर गर्नुपर्छ । दलिय राजनीतिको हयाङ्गओभर यहॉ कसैले पनि देखाउनु हुदैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses