भुवनले भने, 'आई एम प्राउड अफ माई सन, आई एम प्राउड अफ अनमोल '
काठमाडाैं-मेरो छोरो अनमोल हलक्कै बढेर ठूलो भयो। हातमा समाएर यताउता लगेको हिजो मात्रै होजस्तो लाग्छ। कति छिटो वर्षहरू बितेछन्। अहिले त अनमोल २० वर्ष लागिसक्यो। टिन एज क्रस गरिसक्यो।
अनमोलनको २०औँ बर्थडे मनाउँदा पुराना दिनहरू सम्झिएँ। उसलाई बोकेर स्कुल पुर्याएका दिन मेरो मानसपटलमा कुनै फिल्मको पर्दामा झैँ आउन थाले। त्यति मात्र होइन, अनमोल त सानैदेखि मसँग विभिन्न फिल्मका सुटिङमा पनि पुग्थ्यो। जहाँ जाँदा पनि पछि लाग्थ्यो।
नेपालमा मात्र होइन, मेरो पछि लागेर अनमोल अमेरिका पुग्यो, जापान पुग्यो, जर्मनी पुग्यो। हङकङका गल्लीहरूमा मेरो हात समात्दै हिँड्यो, फ्रान्सका बारहरूमा पनि गयो। अनमोल लक्की हो। उसले फिल्मी क्षेत्रमा लागेको बुबा पायो। तर, ऊभन्दा म धेरै लक्की हुँ, अनमोलजस्तो छोरो पाएँ। अनमोल मेरो छोरो हुनुमा मैले गर्व गर्नुपर्ने कारण धेरै छन्।
ऊबाहेक मेरा दुई सन्तान छन्, एउटा छोरो, एउटी छोरी। तर, अनमोल मेरो सबैभन्दा प्यारो बच्चा हो। अनमोलकी आमा सुस्मिता केसीसँग मेरो डिभोर्स भएको सात वर्ष पुगिसक्यो। उसँग मेरो बोलचाल पनि भएको छैन। तर, अनमोल सुरुदेखि नै मसँग छ। उसलाई लाग्दो हो– ड्याडमम सँगै हुँदा राम्रो हुने थियो। तर, उसले यस्तो अभिव्यक्ति आजसम्म दिएको छैन। यसमा म खुसी छु। झन्, मेरा साथीहरू मलाई यही कुरा बारम्बार भन्नुहुन्छ।
उहाँहरू भन्नुहुन्छ– तँलाई तेरो छोराले धेरै माया गर्छ। आमासँग नबसेर तँसँग बसिरहेको छ। यस्तो प्रतिक्रियाले मलाई झन् खुसी बनाउँछ। आई एम ह्याप्पी। अनमोल सानैदेखि म कलाकार बन्ने हो भन्थ्यो।
अभिनयलाई नै आफ्नो अन्तिम लक्ष्य बनाएको मलाई उसको इच्छा सुन्दा धेरै खुसी मिल्थ्यो। त्यस्तो वेला म दोहोर्याई/तेहर्याई उसलाई सोध्थेँ, ‘बाबु फ्युचरमा के बन्ने ?’ अनमोलले दिने उत्तरसँगै मेरो हाँसो बढ्थ्यो। मेरो परिवार आर्मी ब्याकग्राउन्डको।
मेरा भाइहरू पाइलट छन्। मलाई कलाकारिता क्षेत्र मन नपरेको भए सायद म पनि अहिले आकाशमा हवाइजहाज उडाइरहेको हुन्थेँ होला वा कतै आर्मीका रूपमा पो काम गर्थेँ कि † तर, मैले अभिनय रोजेँ। नेपाली सिने क्षेत्र रोजेँ। मेरो रोजाइलाई नै छोराले आफ्नो लक्ष्य बनाउँदा खुसी लाग्नु स्वाभाविक पनि हो।
मैले अनमोललाई यो क्षेत्रबारे केही सिकाउनुपरेन। उसले मेरो फलो गर्यो, आफैँ धेरै सिक्यो। त्यसैले होला, अहिले ऊ जुन स्थानमा पुगेको छ, त्यसले मलाई संसारको सबैभन्दा ठूलो खुसी दिन्छ। अनमोल सानैदेखि कलाकारिता क्षेत्रमा इन्ट्रेस्ट राख्थ्यो। स्कुलमा गितार सिक्थ्यो, कन्सर्टमा भाग लिन्थ्यो।
साथीहरूसँग मिलेर ब्यान्ड पनि खोलेको थियो। त्यसो त, अनमोलले फिल्मी क्षेत्रमा पाइला हालेको ६ महिनाको हुँदा नै हो। धर्म फिल्ममा गौरी मल्लको छोराको अभिनय गरेको थियो। हुन त, त्यति सानो बच्चाले के अभिनय गर्यो भन्नु। तैपनि, फिल्मी पर्दामा भने देखियो। त्यही एउटा सानो अभिनयले उसको हाइट हलक्कै बढेको हो भन्ने लाग्छ। गौरी मल्लले त आज पनि उसलाई भेट्दा त्यो दिन सम्झिनुहुन्छ।
भन्नुहुन्छ, ‘त्यतिवेला मेरो छोरो भएर खेलेको थियो यो।’ त्यतिवेलाकै प्रभाव हुन सक्छ, अहिले पनि विभिन्न कलाकर्मीहरू उसलाई माया गर्नुहुन्छ। आजसम्म कसैले पनि अनमोल फिल्मी क्षेत्रमा आउँदा नयाँ आर्टिस्ट आयो भन्नुभएको छैन।
बरु, सबैले गर्व गर्छन्। चलचित्र पत्रकार हुन् या चलचित्र क्षेत्रका अन्य मानिस नै किन नहून्, सबैले अनमोललाई माया गर्छन्। आफ्नो छोरामाथिको मायामा कसलाई गर्व नलाग्ला ? आई एम प्राउड अफ माई सन † आई एम प्राउड अफ अनमोल † ऊ साँच्चिकै अनमोल भएको छ। अाजको नयाँ पत्रिका दैनिकमा छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses