व्यवसायीको आन्दोलन असफल, ४ दिनमा ११ सयको श्रम स्वीकृति
सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकटको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका वैदेशीक रोजगार व्यवसायीको आन्दोलन असफल भएको छ । सरकारले पटकपटक भएका वार्तामा आफ्नो निर्णय फिर्ता नलिने अडान राखेपछि व्यवसायीको आन्दोलन कमजोर बनेको हो ।
व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारका लागी प्रकृया पुरा गरेका हजारौ नेपाली कामदारको श्रम रोकिएको थियो । तर सार्वजनीक विदाका कारण व्यवसायीसँग वार्ता स्थगित गरेपछि सरकारले ४ दिनभित्र झण्डै ११ सयजनाको श्रमस्विकृति प्रदान गरेको छ ।
श्रम मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठले हिजोसम्म थप ३ सय जनाले व्यक्तिगत र झण्डै ७ सय जनाले संस्थागत रुपमा श्रम स्विकृती लिएको जानकारी दिए । असार २१ अगाडी भिसा आइसकेकालाई सरकारले कहिल्यै नरोकेको भन्दै श्रेष्ठले उनीहरु केही दिनमै विदेश उड्ने बताए ।
वैदेशीक रोजगार व्यवसायी सँघका प्रथम उपाध्यक्ष कुमुद खनालले पनि २१ गते अगाडीकालाई नरोकि पुरानै स्थितीमा उडाउन आफूहरु तयार भएको जिकीर गरे ।
सरकारसँगको वार्ता र आन्दोलनलाई अझै पनी निरन्तरता दिईएको उहाँको दाबी छ । सरकार र व्यवसायीवीच आजपनि वार्ता हुँदैछ । वार्ता बिहान ११ बजे पछि सिंहदरवारमा हुन लागेको हो । यसअघि भएका वार्ता असफल भए पछि सार्वजनिक विदाका कारण तीन दिन यता वार्ता हुन सकेको थिएन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses