कपाल खौरिएकी निशालाई प्रश्नः ब्रतबन्ध गर्नु भा’को हो हजुर ?
काठमाडौं– केहि दिन पहिले पूरै कपाल खौरिएको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि चर्चामा आएकी अभिनेत्री निशा अधिकारीले मंगलबार फेरि अर्को फोटो सार्वजनिक गरेकी छन् ।
मुडुलै पारिएको कपालमा कालो चस्मा र आफ प्यान्टका ठाटिएकी निशाले सो फोट पोष्ट गर्दै गुन मर्निङ नेपाल भन्दै फ्यानलाई सम्बोधन गरेकी छन् ।
नयाँ तस्बीर सार्वजनिक गरेलगत्तै फ्नहरुले तारिफ गर्नुभन्दा पनि बढी आलोचना गरेका छन् । तीन घण्टाको बीचमा २ सयबढी कमेन्ट र २३ सय बढी लाइक आएकोमा अधिकांशले कपाल मुडुलै बनाएकोमा आलोचना गरेका हुन् ।
एक फ्यानले निशालाई ब्यंग्य गर्दै प्रश्न गरेका छन्, ‘ब्रतबन्ध गर्नु भा’को हजुर  ?
यस्तै अर्को फ्यानले खोइरो आएर कपाल काट्नु परेको हो त निशाजी ? भन्दै प्रश्न गरेका छन् ।
कसैले भने आफ्नो लागेको गर्न पाउनु अधिकारको विषय भएको भन्दै टिप्पणी गरेका छन् ।
स्वयम् निशाले कपाल खौरिनुको कारण प्रष्ट नपारेपनि आफ्नो चाहनाअनुसार केश मुण्डन गरेको र आफूले मुन्डन गरेको प्रत्येक पलको मज्जा लिइरहेको बताएकी छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.