अस्पतालमा यस्तो छ पारसको हालत, कुरुवा बसिन् हिमानी
काठमाडौं, १२ साउन । मुटुमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य सुधार भइरहेको अस्पतालले जनाएको छ ।
आइतबार साँझ मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र (इम्प्लान्वेल कार्डियोभेर्टर डेपिब्रिलेटर)ले काम गरेको समेत अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘बिहान शाहको नियमित स्वास्थ्य परीक्षण गर्दा जडित यन्त्रले राम्रो प्रभाव पारेको देखिएको छ,’ विज्ञप्तिमा छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार शाहका सबै जीवनदायी संकेतहरु सामान्यतर्फ उन्मुख छन् र शरीरमा अक्सिजनको मात्रा सामान्य छ । उनले सोमबार सिसियुभित्रै सामान्य हिँड्डुल समेत गरेको अस्पतालले जनाएको छ । विरामी पती पारस शाहलाई भेटन दोस्रो दिनपनि अस्पताल पुगेकी हिमानी रातभरी कुरुवा बसेकी थिईन् । नागरिक दैनिकमा समाचार छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.