सावधान ! पार्टनरलाई चुम्बन गर्दा क्यान्सर हुन् सक्छ
साउन १४ गते एजेन्सी । एकअर्कामा प्रेम साटासाट गर्न चुम्बनको सहारा लिईन्छ । तर त्यो मानिसका लागि कति घातक भन्ने कुरा कल्पना सम्म गरिएको छैन् । चुम्बनले मानिसलाई क्यान्सरको मुखमा पु¥याउने कुरा पछिल्लो अनुसन्धानमा पत्ता लागेको हो ।
अनुसन्धानकर्ताले धुमपान तथा मद्यपान भन्दा पनि चुम्बनले मानिसमा क्यान्सर हुने खतरा बढी रहेको बताएका हुन् । अस्ट्रेलियाका डाक्टरहरुले गरेको अनुसन्धानमा चुम्बनले टाउको र घाँटीको क्यान्सरको जोखिम एकदमै बढी हुनेगर्छ ।
अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान थोमसले चुम्बनका बेला धेरै प्रकारका क्यान्सरको कारक तत्वको रुपमा रहेको हु्यम प्यापिलोमा भाइरस सर्ने खतरा हुने बताए ।
यो भाइरसबाट महिलाको पाठेघरमा समेत क्यान्सर हुने खतरा बढी हुन्छ । खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम बढाएको बताए ।
क्यान्सरको कारक तत्वको रुपमा रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण व्यवहारको रुपमा देखिने गरेको छ ।
शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९ जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.