५६ लागे संजय: हतियार, ड्रग्स र पीडामा फसेकोको फिल्म जस्तै उनको जीवन
आमा र पत्नीको असामयिक निधनले उनी थप बिग्रिए
बलिउड अभिनेता सञ्जय दत्तको उमेरले ५५ वर्ष पार गरेको छ । आज जेलमै ५६ औं जन्मदिन मनाएका उनको जीवन फिल्ममा चल्ने उथल पुथलपूर्ण दृष्य भन्दा भिन्न छैन् । सुनिल दत्त र नरगिसका छोरा सञ्जयको फिल्मी जीवन जति चमकदार छ त्यसको भित्रि जीवन उस्तै विपरित छ ।
फिल्ममा गरेको चरित्र अभिनय होस् या नायक वा खलनायक, उनी विशेष रुचाइएका छन् । त्यसमध्ये वास्तव फिल्मका ‘रघु’, अग्निपथका ‘कान्चा चिना’ जस्ता खल चरित्रबाट दर्शकबीच चिनिएका छन् । ‘सञ्जुबाबा’ उनलाई पुकारिने अर्को नाम हो ।
उनका यस्ता कैयौं प्रसंग छन् जसले उनको फिल्मी परिचयलाई बलियो बनाउँछ तर, त्यससँगै उनीसँग त्यस्तो विवाद र दलदलका कहानी छन् जो कम्ती कहालिलाग्दा छैनन् । सन् १९८१ मा सञ्जयले ‘रकी’ फिल्मबाट डेब्यु पाए । बलिउडमा करियर बनाउने सोचिरहेका उनमा कम्ति खुसी थिएन । तर, समयले उनको पोल्टामा सोही समयदेखि खुशी खोस्न थाल्यो ।
'रकी' फिल्म रिलिज अगावै उनकी आमा नगरिस बिरामी परिन् । उपचारका लागि अमेरिका लगियो । तर, ठिक भएन । रकी फिल्म रिलिज हुनु ठीक तीन दिनअघि उनकी आमाले संसार छोडिन् । आमाको मृत्युको शोक मनाइरहँदा फिल्म हिट भएको खबरले पनि उनीलाई त्यति खुसी दिन सकेनन्। त्यो खुसी उनले सबैभन्दा बढी माया गर्ने आफ्नी आमासँग साट्न पाएनन्। उनले आमासँगको विछोडलाई भुलाउँन नशाको साहारा लिए।
बिरामी श्रीमतीको हेरचाह गर्नुपर्ने भएकाले उनका पिता सुनिलले पनि उनको हेरचाह गर्न सकेनन्। गलत साथीको संगतका कारण उनी कुलतमा फसिसकेका थिए । उनी खराब साथीको संगतमा लागेको कुरा उनकी आमालाई पहिल्यै चाल पाइसकेकी थिइन् ।
आमाको मृत्युपछि नशामा संजय झन झन भासिँदै गए। उनका पिताले त्यो निक्कै ढिला गरी थाहा पाए। उनको खराब बानी कै कारण कोही पनि निर्माता निर्देशक उनीसँग काम गर्न तयार थिएनन्। सुनिल दत्तले उनलाई सुधारका लागि अमेरिकाको एक पुनस्थापना केन्द्रमा भर्ना गरे।
केही समयपछि सञ्जय भारत फर्किए । त्यतिबेला उनले कुलतलाई ‘टाटा’ गरिसकेका थिए । उनको मन फिल्मतिरै जान थाल्यो । बलिउडमा उनले काम पाउन थाले । सँगै अर्को दुःखले झापड हान्यो ।आफूभन्दा बढी उमेर भएकी ऋचा शर्मासँग उनको प्रेम विवाह भएको थियो ।
बिहेपछि ऋचालाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो । छोरी त्रिशाला जन्मेकी केही दिनमै ऋचाले अन्तिम श्वास फेरिन् । त्यसपछि उनी फेरि एक्लै भए र रक्सीलाई साथी बनाए । रक्सीले फिल्मी करियर नै धुरमुर बनाइदियो । कयौंपटक उनी मिडियासँग रक्सीको तालमा भिडेका पनि थिए ।
बिस्तारै उनी सामान्य जीवनमा त फर्के तर, १९९३ मा बम काण्डले सनसनी मछ्चाएको बखत उनलाई अवैध रुपमा हतियार घरमा राखेको आरोपमा प्रहरीले गिरफ्तार गर्यो । फिल्म सुटिङका लागि मरिससमा थिए र सोधपुछका लागि भन्दै भारतीय प्रहरीले भारत् बोलाएर विमानस्तलबाटै पक्राउ गरेको थियो।
उनले प्रहरीलाई १९९२ मा म्याग्नम स्टुडियोका मालिक समिर हिंगोरा र हनिफ लकड्वालासँग अन्ड वर्ल्ड डन अबु सलेम उनको घर आएको स्विकार गरे। सलेम पनि सन् ९३ बमधमाकाका मुख्य आरोपी हुन्। उनले हतियार भने आफ्नो र परिवारको हिफाजतका लागि राखेको बयान दिए। अबुकै कारण उनलाई बम्बई बमकाण्डमा पनि मुछियो र ६ वर्षको जेल सजाय तोकियो ।
यी घटनाक्रममका बखत उनका पिता सुनिलले भने भारतीय राजनीतिमा राम्रै स्थान बनाइसकेका थिए । छोराको मुद्दा पार लगाउन उनी राजनीतिक दल र अड्डा अदालत गए तर, कसैले सहयोग गरेन । आखिरमा उनी शिवसेनाका बाल ठाकरेको शरणमा पुगे। पछि अदालतले सञ्जयलाई आतंककारी नभएको फैसला सुनायो तर, गैरकानुनी रुपमा हतियार राखेको प्रमाणित भएकाले उनलाई पाँच वर्ष जेल सजाय तोकियो।
सजाय तोक्नु अगावै उनले करिब १८ महिना जेल बसिसकेका थिए । अदालतले दिएको पाँच वर्षमध्ये १८ महिना पहिले नै भोगिसकेकाले बाँकी ४२ महिनाको जेल सजाय भुक्तान गर्न उनी २०१३ देखि जेलमै छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses