अभिताभ र सलमानको कमाइ बराबर, कति कमाउँछन त यी दुई नायक ?
फोब्र्सको सूचीमा सबैभन्दा धेरै कमाउनेमा एक नम्बरमा खेलाडी रहेका छन् । बक्सिङका खेलाडी फलायड मेवैदरले ३० करोड डलर कमाएर आफूलाई एक नम्बरमा पार्न सफल भएका हुन् ।
यसमा भारतीय तीन अभिनेता अमिताभ बच्चन, सलमान खान र अक्षय कुमार र क्रिकेट खेलाडी महेन्द्रसिंह धोनी पनि पर्न सफल भएका छन् ।
अमिताभ र सलमान दुवै जनाले पछिल्लो वर्ष ३ करोड ३५ लाख डलर कमाएका छन् । रमाइलो कुरा बराबर कमाइ भएका यी दुई नायक फोब्र्स सूचीमा पनि एकैस्थानमा रहेका छन् । फोब्र्सले यी दुवैलाई ७१ औं स्थानमा राखेको छ ।
त्यस्तै नायक अक्षय कुमारले ३ करोड २५ लाख डलर कमाउँदै फोब्र्समा समावेश भारतीय तेस्रोसेलीब्रटी बनेका छन भने क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी ३ करोड १ लाख डलर कमाएर चौंथो स्थानमा रहेका छन् । फोब्र्सको सूचीमा अक्षय ७६ र धोनी ८२ औं स्थानमा रहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses