तातोपानी भन्सारमा अर्थमन्त्रीको यस्तो सेटिङ, व्यापारीबाट पैसा लिन श्रीमतीलाई प्रयोग गरे
भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो । भन्नसार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगले छानविन गर्ने हो भने एयरपोर्टस्थित भन्सार कार्यालयको रेकर्डमा १६६ वटा ट्रकको मात्र प्रज्ञानपत्रमा तोक लगाइएको फेला पर्नेछ । असार २७ गते घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतको श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको स्रोतको भनाई छ ।
मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
1 comments
Write Down Your Responses




July 22, 2015 at 9:15 AM
Corruption is biggest issue in our country. I would love to see introduction of death penslty against corruption