बम राखेको हल्लापछि विमानको आकश्मिक अवतरण
थाइल्याण्डको बैंककबाट टर्कीको स्टान्बुल जाँदै गरेको विमानमा बम रहेको भन्ने हल्लाका कारण दिल्लीमा अवतरण गराइएको अधिकारीहरुले बताएका छन् ।
विमानलाई अवतरण गराएर छानविन गर्दा कुनै विष्फोटक पदार्थ भने फेला नपरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
विमानमा १४८ जना यात्रु सवार थिए । विमानको बाथरुम भित्र एक कागजमा कार्गो भित्र बम छ भन्ने लेखेको भेटिएपछि विमानमा हल्ला खल्ला भएको थियो ।
0 comments
Write Down Your Responses