भारत र चीनलाई चुनौती दिँदै बाबुरामले ल्याए नयाँ प्रस्ताव
गोरखा, ५ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले देशमा स्थिरता कायम गरी आर्थिक समृद्धितर्फ लम्कन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
सहिद भीमसेन स्मृति प्रतिष्ठानले आज सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता डा भट्टराईले भारत र चीनजस्ता ठूला देशका बीचमा रहेर राष्ट्रिय स्वाधीनता जोगाउँदै देशलाई आर्थिक समुन्नत बनाउन पनि कार्यकारी राष्ट्रपतीय प्रणाली उचित हुने बताउनुभयो ।
‘सधैँका लागि होइन, केही समयका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली देशमा लागू गरौंँ’ डा भट्टराईले भन्नुभयो, ‘कांँग्रेस एमालेलाई शङ्का लाग्छ भने बरु म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि उम्मेद्वार बन्दिन, तपाईँहरूले रेकर्ड गर्नुहोस्, आज मैले यो घोषणा गरेँ ।’
मुलुकमा स्थिर र बलियो सरकार भयो भने मात्रै भारत र चीनजस्ता ठूला देशलाई सन्तुलनमा राखेर तीव्र आर्थिक विकासतर्फ देशलाई लैजान सकिने भएकाले दलहरूले पुनःसोचेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अवलम्बन गर्नुपर्ने विचार डा भट्टराईले राख्नुभयो । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses