संविधानको मस्यौदा संशोधन गर्न पूर्वराजाको सुझाव
 काठमाडौं, साउन ६
पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको प्रारम्भिक मस्यौदा संशोधन दलका नेताहरुलाई सुझाव दिएका छन्।
कार्यक्रममा सम्बादादाताहरूको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले भने,‘ब्यवहारिक ढंगले केही न केही अर्को एउटा मस्यौदा पनि आओस् भन्ने हाम्रो चाहना र सबै हाम्रो नेताहरूलाई आग्रह पनि छ।’
सभासदहरूले सोमबार र मंगलबार मुलुकभरबाट नागरिकका सुझाव संकलन गरेको भोलिपल्ट पूर्व राजा ज्ञानेन्द्रबाट यस्तो अभिव्यक्ति आएको हो।
राजधानीको बसन्तपुरस्थित महादेवस्थानमा आयोजना गरिएको क्षमा पूजामा सहभागी हुन आएका पूर्वराजा शाहले जनताका मर्म र भावनालाई संविधान समेट्नुपर्ने बताए।
झन्डै एक घण्टा क्षमा पूजामा सहभागी भएका ज्ञानेन्द्र त्यसपछि भूकम्पले क्षति पुर्‍याएको हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका थिए।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.