ब्रिटेनको शाही भोज, खाने टेबलमा तयारी नै १० दिनको
एजेन्सी।
१७५ फिट लामो खाना खाने टेबलमा १७०० वटा चम्चा, ११०४ वटा ग्लास अनि १७० जना बस्ने व्यवस्था गर्न गाह्रो हुदैन थियो यदि प्रत्येक कुर्सीलाई पनि ठ्याक्कै ४६ सेन्टीमिटरमात्र टाढा राख्नु पर्ने प्रचलन नभएको भए। ब्रिटेनकी रानी एलिजावेथ-II के आयोजना गर्न लागेको राजकीय भोजमा ब्रिटेनका बिभिन्न ठाउँहरुबाट १७० जना आगन्तुक सामेल हुनेछन्।


एलिजाबेथले मात्र अहिलेसम्म ११० वटा यस्तो भव्य भोज आयोजना गरिसकेकी छिन्। यो कार्यक्रमको तयारी मात्र गर्न ७६ जना सहयोगीहरुले १० दिनसम्म समय लगाउँछन्।

सबै तयारी सकिएपछि पोरसेलिनका ४,००० प्लेट अनि अन्य सामग्रीलाई अन्त्यमा हातले नै पखालिन्छ जसमा त्यो भव्य भोजमा आउने आगन्तुकले खाना खान्छन्।


यी प्लेटहरु आठ जनाले तीन हप्ता लगाएर प्याक अनि अनप्याक गर्छन। प्रत्येक पाहुनालाई ६ वटा ग्लास टक्र्याइन्छ्। ती ग्लासहरुमा टोस्टोको लागि स्याम्पेन, रेड वाइन, ह्वाइट वाइन, स्याम्पेन वा स्वीट वाइन पिउनको लागि राखिन्छ।

भोजको समयमा ७६ जना सहयोगहरुले समय हेरेर एक्कै पटक प्लेटलाई टेबलमा राख्नेछन्। भोज सकिएपछि रानीका ती सबै बहुमुल्य प्लेटहरुलाई पखाल्नको लागि लगिनेछ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.