२१६ घण्टा अँध्यारो मात्रै होला त ?
अहिले त्यस्तै एउटा समाचारले ठाउँ पाएको छ । नासाकै हवाला दिएर आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी भविष्यवाणी गरिएको छ ।
सार्वजनिक भएको समाचार अनुसार सौर्य आँधीका कारण आउँदो डिसेम्बर १६ बुधबारदेखि डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने छ । त्यतिबेला निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।
नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो ।
यो करिव २ सय १६ घण्टासम्म रहने छ । यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् ।




0 comments
Write Down Your Responses