गुण्डामाथी प्रहरी अप्रेशन, मोष्ट वान्टेड सन्कीले खाए एका बिहानै गोली
उनलाई नियन्त्रणमा लिन प्रहरीले तिन पटक फायर गरेको तर एक गोली लागेको देख्नेले बताएका छन् । गोली लागेपछि घाईते लामालाई प्रहरीले नियन्त्रणमा लिए बि एण्ड बि अस्पतालमा उपचारको लागी लगेको जनाएको छ । लामालाई जिल्ला अदालत काठमाडौंले लागूऔंषध मुद्दामा १० बर्षको कैद सजया हुने फैसाला गरेको थियो ।
राजधानीमा उनले व्यावसायीलाई थर्काएर मासिक उठाउन थालेपछि उनि प्रहरीको खोजी सुचिमा परेका थिए । तत्कालिन महानगरीय प्रहरी परिसर डीएसपी आभूषण तिमल्सिना बिषेश टालीले सन्कीलाई पक्राउ गर्न जाँदा प्रहरी एक अधिकृतलाई पेस्तोल तेस्याउँदै फरार भएपछि उनि परिसरको बिषेश निकरानीम परे । तत्कालिन डीएसपी तिमल्सिनाले लामालाई पक्राउ गर्दा हतियार फेला नपरेपनि उनकोे साथबाट २६ ग्राम लागूऔषध खैरो हिरोईन बरामत भएपछि उनी जेल चलान भएका थिए ।




0 comments
Write Down Your Responses