बन्द भएको चाँगुनारायण मन्दिर सर्बसाधारणका लागि खुल्ला
मन्दिरलाई चारैतिरबाट टेको लगाएर संरक्षण सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चा“गुनारायण मन्दिर अवलोकनका लागि यही साउन १ गतेदेखि खुला गरिएको प्रमुख पुरातत्व अधिकृत तथा राष्ट्रिय कला सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले बताए ।
मन्दिर अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र मन्दिर संरक्षणका लागि पुरातत्व विभागले तीन सिसी क्यामेरा जडान गरेको छ । भूकम्पको धक्काले चा“गुनारायण मन्दिरको चारै सुरको गारो छुट्टिएको छ भने मन्दिरको पश्चिमपट्टिको सिधा माथिको झ्याल निस्केको छ । निस्किएको झ्याललाई मन्दिरमा कुँदिएको टु“डालले छेकेर अड्याइएको छ ।
भूकम्पको धक्काले मन्दिरको पूरै भाग जीर्ण भएका छन् । पुरातत्व विभाग भक्तपुरले आपत्कालीन संरक्षणका लागि मन्दिरको चारैतिर टेको लगाएर अड्याएको छ । मन्दिरको दाया“तर्फको ठूलो घन्टा ढलेको छ । भूकम्पले चा“गुनारायण मन्दिरस“गैको किलेश्वर महादेव मन्दिरको चारैसुर भत्किएको छ । लक्ष्मीनारायण र बधेश्वर महादेवको मन्दिरमा भने पूर्ण रुपमा भत्किएको छ । मन्दिर वरिपरिको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर र सत्तल भत्किएको छ ।
चा“गुनारायण मन्दिरस“गैको कृष्णमन्दिर चार इन्च पर सरेको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो । दुई वर्षअघि रु ९० लाखको लागतमा जीर्णोद्धार गरिएको सत्तलसमेत पूर्ण रुपमा क्षति भएको छ । छिन्नामस्ता मन्दिर भने सुरक्षित छ । भूकम्पको धक्काले मन्दिर परिसरको सत्तलमा रहेको ‘जीवित परम्परागत सङ्ग्रहालय’मा पूर्ण रुपमा क्षति पुगेको छ । मन्दिर परिसर मर्मत तथा पुनःःस्थापनाका लागि करिब रु ३० करोड बजेट आवश्यक भएको पुरातत्व विभाग भक्तपुरले जनाएको छ ।
मन्दिर प्रवेश गर्ने पर्यटकबाट पर्यटक शुल्कबापत मात्र वार्षिक रु २५ लाख राजस्व सङ्कलन गर्दै आइएकामा भूकम्पपछि शुल्क उठाउन रोकिएको थियो ।मन्दिर खुलेपछि पर्यटन शुल्क सङ्कलनका लागि चाँगुनारायण नगरपालिकाले बोलपत्र आह्वान गरेकोे चा“गुनारायण नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले बताए । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses