अवैध गर्भ बोकेर अाएकालाइ ढुंगाले हानीहानी मारे भै गो नि !
जापान, दीक्षा पाण्डे
केही दिन यता फेसबुकमा एउटा समाचार भाइरल भइरहेकाे छ । गजबले व्यंग्य हानिरहेका छन् पुरुष महानुभावहरुले !
८६ जना महिला अवैध गर्भसहित नेपाल भित्रिए पछि कतिपयले हामी नेपालीलाइ नपत्याएर पाकिस्तानी, बंगाली जस्तासँग लागेपछि यस्तै हुन्छ भनेर कमेन्ट पनि गरे ।
यसको अर्थ के हाे ?
अझै गजब त के लाग्याे भने, यही कारणले आमाकाे नामवाट नागरिकता दिन हुँदैन रे ! विदेशबाट अवैध गर्भ बोकेर आएका ती महिलालाइ नागरिकता दिए देश वर्वाद हुन्छ रे ! अरे ! कसैलाइ आमाकाे नामवाट नागरिकता दिनु गैरकानुनी र नेपालकाे हित विपरित लाग्छ भने , ति खाडी मुलुकवाट ८६ जना अवैध गर्भ बोकेर आएका सबै महिलाहरु लाइ मुस्लिम देशमा जस्तै ढुंगाले हानीहानी मार्ने नियम बनाए भै गाे नी !
अवैध गर्भ बोक्ने र अवैध गर्भ वाट जन्मने मान्छेलाइ वाँच्ने अधिकार छैन भनेर कानुनमै हाकाहाकि भन्दिए हुँदैन ?
नत्र के काे नाटक गर्नु पर्याे ? के काे गनगन हाे ? नागरिकता भनेकाे के हाे र ? अवैध गर्भ रहर नभइ १००% वाध्यता हाे । अवैध गर्भ बोक्न कसैलाइ रहर हुन्छ ??? सिमापारीबाट विदेशी मान्छे ल्याएर पैसामा नक्कलि वाउ वनाएर लाखाैं नागरिकता वाँड्याै । उनिहरु दुइ देशकाे नागरिकता लिएर गर्वले छाति फुलाएर हिँडदैछन् ।
यता बुवा मन्त्रि हुँदा पनि एउटा छाेराले नागरिकता नपाएर त्यहि धाेकेवाज कार्तिके कुकुर जस्ताे वाउलाइ नागरिकताका लागि गुहार्दै उस्कै पछि कुद्नु परिराखेकाे छ । न उस्लाइ जागिर खाने छुट छ, न राम्राे सँग पढ्ने छुट छ , न उस्लाइ पासपाेर्ट वनाएर विदेश काम गर्न जान र घुम्न जाने छुट छ । ति व्यक्तिले आमाकाे नामवाट नागरिकता पाएकाे भए त्याे गतिछाडा फाेहाेरी वाउलाइ गुहार्न जानु पर्थ्याे ? गाउँ घर तिर हाेस् या काठमाण्डुका सडकमा – एउटा मानसिक र शारिरीक रुपमा अशक्त महिला देखे ति महिलालाइ दुनियाँकाे आँखा छलि झाडीमा लगेर शारिरीक भाेग गर्ने र भुँडी वाेकाएर अवैध वच्चा जन्माउन वाध्य पार्ने यहि समाजका मानवरुपि कुकुरहरु हाेइन् ??
पैसा र वैशले उन्मत्त भएपछि डान्स वार र रेष्टुरेन्टमा गरिव महिलाहरुलाइ भाेग गर्न जाने पनि तिनै कुकुरहरु हाेइनन् ?
अनि ति गरिव महिलाहरुलाइ भाेग गरेर अवैध गर्भ राख्ने पनि तिनै कुकुरहरु हाेइनन् ? त्यस्ता कुकुरहरु हाम्राे समाजमा धेरै छन् । त्यस्ता कुकुर नै हाम्राे समाजमा गन्ने मान्ने , नेता हुने , मन्त्रि हुने , नियम कानुन वनाउने ठाउँँ सम्म पनि पुगेकै रहेछन् । अनि त्याे निर्दोष वच्चा र ति निरीह महिलाले नमरुन्जेल सम्म जीवनभर शास्ति खानु पर्ने ???
यदि पुरुष राज्य नै चाहिएकै हाे भने, अवैध गर्भ वाेक्ने महिला र त्यसवाट जन्मेका वच्चालाइ वाँच्ने अधिकार छैन भन ।
अनि भटाभट कसैलाइ ढुंगाले हानेर, कसैलाइ फाँसिमा चढाएर मार । हाेइन भने बुवा पत्ता नलागेकाे खण्डमा १००% आमाकाे नामवाट नागरिकता ग्यारेन्टि गर । बुवा भएपनि बुवाकाे माया नपाएकाे , लालन पालन वाट वंचित गरेकाे र आमाले संघर्ष गरेर हुर्काएकाे खण्डमा पनि वच्चा १८ वर्ष पुगेपछि उस्लाइ वाउ या आमा जस्काे नामवाट नागरिकता लिन मन छ उस्लाइ छान्ने अवसर दिनु पर्छ । विदेशीसँग विहे गरेकि नेपाली महिलाकाे वच्चाकाे हकमा चाहिँ अलि कठाेर शर्तहरु राख्नु पर्छ जस्ताे लाग्छ ।
आमा नेपाली भएपनि बुवा विदेशि हाे र वच्चाले वाउ पनि चिनेकाे छ र छाेरा छाेरी भनेर पनि स्विकारेकाे छ भने त्याे खण्डमा ति विदेशि वच्चा नै हुन् ।
विदेशीसँग विवाह गरे पछि महिलाले नेपालकाे पासपाेर्ट र नागरिकता पनि पक्कै पनि त्याग्लान् ।पछि कदमकदाजित – ति महिलाकाे विदेशि पति सँग नराम्राे समवन्ध भएर पारपाचुके गरिन् र उनि विदेशमा सुरक्षित नरहने अवस्था आयाे भने उनका नावालक सन्तान पनि सुरक्षित रहने स्थित आएन भने पक्कै पनि ति महिला आफ्नाे जन्मभुमिमा रुँदै शरण माग्न आउनुकाे विकल्प छैन नि !
विदेशीसँग विवाह गरेका नेपाली महिलाकाे हकमा राष्ट्रियता खतरामा नपर्ने कडा शर्त राखियाेस् कुनै दुःख मनाउ छैन ।
तर वाध्यताले श्रम वेच्न विदेश गएका चेलिहरु कसैवाट लुटिएर अवैध गर्भ रहेर वाध्यतावस् वच्चा जन्मियाे भने त्यस्लाइ नागरिकताबाट वंचित नगरियाेस् !
अनि गाउँघर तथा सहरमा , साेझासाझा , गरिबीले जकडिएका , शारिरीक तथा मानसिक रुपमा अशक्त महिलालाइ , लुकिछिपी भाेग गर्ने मानवरुपि कुकुरहरुकाे नाजायज़ कर्मले गर्भधारण गरी वच्चा पाएका आमा र वच्चा लाइ पनि , कि त वाँच्ने अधिकार छैन भनेर ढुंगाले हानेर मार , कि त वच्चा जन्मेपछि आमाले आफ्नाे वच्चालाइ परिचय दिन पाउनु पर्छ ।
जय आमा ! जय नागरिकता !




0 comments
Write Down Your Responses