samachar
»
बिपी राजमार्ग उद्घाटनमा मनीषा कोइराला असन्तुष्ट
बिपी राजमार्ग उद्घाटनमा मनीषा कोइराला असन्तुष्ट
काठमाण्डु, २० असार– बिपी राजमार्ग हस्तान्तरणमा यसका योजनाकार बिपी कोइराला परिवारका नजिकका कसैलाई नबोलाइएकोमा अभिनेत्री मनीषा कोइरालाले असन्तुष्टि पोखेकी छिन् । ‘बिपी राजमार्गको उद्घाटन भएक, आज तर अचम्म छ, बिपीका छोरा वा नजिकका आफन्त कसैलाई पनि बोलाइएन । राजनीतिको दुनियाँ !’
मनीषाले शुक्रबार बेलुकी सामाजिक सञ्चाल फेसबुकमा आश्चर्य मान्दै स्ट्याटस लेखेकी हुन् । मनीषा बिपीका जेठा छोरा प्रकाशकी छोरी हुन् । संशाक र श्रीहर्ष कोइराला पनि बिपीका छोराहरु हुन् ।
– नागरिक दैनिकबाट
0 comments
Write Down Your Responses