यूवतीलाई कसरी सजिलै प्रभावमा पार्ने ?
युवाहरुमा युवतीप्रतिको आकर्षण हुनु स्वभाबिक नै हो । उनीहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । तर धेरैजसो यूवाहरु युवतीसँग कसरी कुराकानी गर्ने भनेर अलमलमा पर्दछन त कतिपय  लजाउने पनि गर्छन  । कतिपय त  युवतीसँग कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने ठान्दछन् । केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू कमजोर भएको महसुस पनि गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसकेको गुनासो समेत साथिभाइहरुसंग गरिरहेको पाइन्छ ।

सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुहोस ।

उनीसँग  सबैभन्दा पहिले इशाराबाट कुरा गर्न सुरु गर्नुहोस ।

यूवतीका हरेक साना साना कुरामा ध्यान दिनुहोस् । उसलाई मन पर्ने साना साना कुराको जानकारी राख्नु होस्   ।

युवतीहरु कम बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । तर, ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् । अत: सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने ? मौका पाउनासाथ बोल्न सुरु गर्नुहोस । तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् ।

कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् । अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने नसोच्नुस । हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ, बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हातको प्रयोग गरेर भन्नुहोस ।

आफुले गरेको हरेक कुरा र क्रियाकलापमा युवतीबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो ख्याल राख्नु एकदम जरुरी हुन्छ । विना प्रतिक्रिया हामफाल्नुभयो भने असफल हुने सम्भावना प्रबल हुन्छ , तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने ढुक्कले अगाडी बढ्न सक्नु हुन्छ ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.