नङ् हेरेर यसरी थाहा पाउनुहोस् आफ्नो व्यक्तित्व
हालै हातका औला र व्यक्तित्वको बारेमा एक अध्ययन गरिएको छ । अधिकांस हरु कथित कुराहरुको पछाडि लागेर आफ्नो व्यक्तित्वको जानकारीहरु लिइरहेका हुनछन् । पढौं, कसरी हातका औलाहरुले व्यत्तित्व झल्काउने रहेछ ।
१. साइली आंला (रिङ फिङ्गर) माझी औला भन्दा ठूलो हुनुका यस्ता हुनछन् विशेषता ः यस्ता व्यक्तिहरु फ्लटी हुन्छन्, हरेक कुरामा जिस्किएरै प्रतिक्रिया दिन्छन् । यस्ता व्यक्तिहरु चाँडै नै अरुमलाई प्रभावित गर्ने खालका कुरा गर्न बानी भएकाले परिणाममा जोखिम मोलिहरेका हुनछन् । यस्ता व्यक्तिअरुका प्रायशः सिपाही, व्यापारी र शायद नेतृत् वगर्ने खालका हुन्छन् ।
२. माझी औला भन्दा चोरी औला लामो हुने व्यक्तिका यस्ता विशेषता हुन्छन् ः यस्ता व्यक्तिहरु आफू एकदमै विश्वस्त छु भन्ने सोचाइका हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि नडराउने र नेतृत्वको भूमिका निभाउने प्रकृतिका हुन्छन् यी व्यक्तिहरु । साथै आफ्ना खुट्टामा उभिन बलियो आधार बोक्ने व्यक्तिका माझी औला पनि चोरी औलाभन्दा ठूला लामा भएको अध्ययनले देखाएको छ । प्रायश राजनेता, लेखक, शिक्षक यस्ता व्यक्तिका पेशा हुने गरेका छन् । धेरै चलाख हुने र चाँडै रिसाउने व्यक्तिहरु पनि यसैमा सामेल भएका हुन्छन् ।
३. चोरी औला र साइली औला बराबर हुने व्यक्तिका विशेषताहरु यस्ता हुनछन् ः यस्ता व्यक्तिहरु धेरै रहस्य लुकाउने खालका हुन्छन् ।
साथै यस्ता व्यक्तिहरुले आफैमा रुमल्लिने आफैलाई नबुझ्ने खालका हुनछन् । कम बोल्ने र धेरै सुनने खालका व्यक्तिहरुका पनि चोरी र माझी औला बराबर साइजका हुनछन् । आफ्ना परिपरिका मानिसहरुलाई सहज महसुस गराउने उनीहरुको प्रशंसा गर्ने बानी हुन्छन् ।
शान्त बस्ने अरुलाई दया र प्रोत्साहन गर्न पछाडि पर्दैनन् यस्ता व्यक्तिहरु । यस्ता व्यक्तिहरुका प्रायश आदर्श झल्काउने पशामा संलग्न हुनछन् । यस्ता खाले व्यक्तिहरु नर्स, समाजसेनी र चिकित्सक पेशामा लाग्ने हुन्छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses