भ्रष्टाचारको अभियोग लागेपछि एमाओवादी नेता लोकेन्द्र बिष्टले राजीनामा दिएको खुलासा
काठमाडौं । २७ बर्षअघि आफ्नो सम्पूर्ण सम्पति पार्टीलाई हस्तान्तरण गरेर सर्वहारा बनेका एकीकृत नेकपा माओवादीका स्थायी सदस्य लोकन्द्र बिष्टलाई अकुत सम्पति आर्जन गरेको आरोप लागेको छ । अकुत सम्पति आर्जनको आरोपमा स्थायी समिति सदस्य जनार्दन शर्मा लगाएतका नेताहरुले कारवाहीको माग गरेपछि बिष्टले राजीनामा दिएको खुलासा भएको हो ।
२०४५ सालमा तत्कालिन मसालको पूर्णकालिन सदस्य हुँदा बिष्टले रुकुममा भएको आफ्नो सम्पुर्ण सम्पति पार्टीकरण गरेर सर्वहारा बनेका थिए । तिनै सर्वहारा नेता बिष्टले भक्तपुरमा घर र दाङमा १० कट्ठा जमिन किनेपछि गैरकानुनी सम्पति आर्जन गरेको आरोप लागेको थियो । २०४५ सालमा रुकुमको पुर्खेउली सम्पति डेढ लाख मुल्याङकण गरिएको थियो । त्यो मध्ये दुई दिदीलाई ५०÷५० हजारको सम्पति दिएर बिष्टले आफ्नो नामको ५० हजार बरावरको सम्पति पार्टीकरण गरेका थिए ।
बिष्टले काभ्रेमा २४ रोपनी जग्गा भाडमा लिएर कृषि खेति गरिरहेका छन् । तर उनले आफ्ना र परिवारका नाममा दाङमा जग्गा र भक्तपुरमा घर किनेको एमाओवादीभित्र आरोप लागेको छ । ‘पार्टीभित्र उहाँले के स्रोतबाट घर जग्गा किन्नु भयो त्यो बिषयमा कुरा उठेको हो’ एमाओवादीका एक नेताले भने ।
बिष्ट एमाओवादी नेताहरुको सम्पति छानविन समितिका संयोजक समेत थिए । उनले आफ्नो पार्टीमा ‘नाङगा जोगी’ कोही नभएको भन्दै धेरैलाई कारवाहीको सिफारिस पनि गरेका थिए । कारवाहीको सिफारिसमा गृहजिल्लाकै सहकर्मी जनार्दन शर्माको नाम पनि थियो । कारवाहीको सिफारिस गरेपछि शर्मा र बिष्टबीच आन्तरिक युद्ध सुरु भएको थियो ।
जनार्दनले पार्टीभित्र उनको सम्पति छानविन गर्नु पर्ने माग गरेका थिए । सम्पति छानविको माग गरेदेखि उनी पार्टीको कार्यक्रममा सहभागि हुन छाडेका थिए । ‘स्थायी कमिटी बैठकमै जनार्दन कमरेडले बिष्टको सम्पति छानविन हुनु पर्ने अडान लिएका थिए’ एमाओवादीका एक नेताले भने ‘त्यही बैठकमा जनार्दन र बिष्टको भनाभन समेत भएको थियो ।
बैठक पछि बिष्टले ‘आफुहरु करोडौ रकम भ्रष्टाचार गर्ने तर मैले बालबच्चा राख्ने सानो घर किन्दैमा यत्रो जात्रा’ भन्दै आक्रोसित भएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.