‘विप्लव’माओवादीको बन्दका कारण राजधानीको जनजीवन प्रभावित, बन्द हिंसात्मक
नयाँ संविधानको प्रस्ताव खारेज र लिपुलेकलाई लिएर चीन र भारतबीच भएको सम्झौताको विरोधमा नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।
बन्द सफल बनाउन उनीहरू बिहानैदेखि सडकमा नाराबाजीका साथ उत्रिएका छन् ।
राजधानीमा बिहानै बन्द सफल बनाउन हिँडेका माओवादी कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । उता, माओवादीको बन्दका कारण राजधानीसहित मुलुकभरिको जनजीवन प्रभावित बनेको छ ।
प्रहरीले नयाँ बानेश्वरबाट नेकपा माओवादीका पोलिटब्यूरो सदस्यसहित करिव दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, पुष्प न्यौपाने, राजेन्द्र गौतम, सूर्य भुजेल, किशोर लामिछानेसहित ८ जना रहेको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा प्रचार प्रसार इञ्चार्ज शरदसिंह भण्डारीले जानकारी दिए ।
तीनकुनेबाट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसाइलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बन्दको कार्यक्रममा सहभागी हुन बाटोमा हिँडिरहेका बेला रसाइलीसहित ५ जनालाई पक्राउ गरिएको थियो ।
कलंकीबाट पनि माओवादीका किशोर न्यौपाने र पूर्ण श्रेष्ठलाई पक्राउ गरेको छ भने गौशालाबाट १५ जना पक्राउ परेको माओवादी भनाइ छ ।
उता, नेकपा माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै राजधानीमा सवारी साधनमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । उनीहरूले कोटेश्वरको जडिबुटीमा बस जलाएका छन् ।
त्यसैगरी बन्दकर्ताले भक्तपुरको राधेराधेमा एउटा भ्यानमा आगजनी गरेका छन् ।
बा ७ प ३८५७ नमबरको स्कर्पियोमा आगजनी भएको भक्तपुरबाट प्रहरीले उल्लेख गरेको छ ।
बन्दकर्ताहरुले भक्तपुरकै लोकन्थलीमा मारुती भ्यानमा तोडफोड गरेका छन् ।
बन्दको अवाज्ञा गरेको भन्दै बा ७ प ७८३९ नम्बरको मारुती भ्यान तोडफोड गरेको जनाएका छन् ।
ललितपुरको प्रयागपोखरीमा पनि माओवादी कार्यकर्ताले किया भ्यान र पाटन अस्पताल नजिक माइक्रो भ्यानमा तोडफोड गरेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses