सेक्स गर्न दिएर सिकार…
जसको गन्धबाट भाले माकुराले पोथीलाई भोक लागे–नलागेको अन्दाज लगाउँछ । यसले पनि भाले माकुरो पोथीको आहारा हुनबाट जोगिन सक्छ । तर, पोथी माकुराले दुई प्रतिशत मात्रै मौका पाए पनि सेक्स पार्टनरलाई सिकार बनाउँछ । यद्यपि भाले माकुराले पोथी भोको रहेको चाल पाए सम्भोग गर्दैन ।
एनिमल बिहेबिअर जर्नलमा प्रकाशित नयाँ अनुसन्धानअनुसार घ्राणशक्तिका कारण भाले माकुराले आफ्नो ज्यान बचाउन सफल हुन्छन् । टोरेन्टो युनिभर्सिटीका प्रोफेसर तथा लेखक लुसियाना बारुफलडी भन्छन्, ‘भाले माकुरो यस मामिलामा काफी सचेत हुन्छ । भाले माकुरो घ्राणशक्तिकै कारण खतरादेखि र पोथी माकुरादेखि बच्न सक्छ । सामान्यतः पोथी माकुराले भाले माकुरालाई खाइहाल्छे ।’
अध्ययनले यो पनि देखाएको छ, पोथी माकुरो चार हप्तासम्म भोकै रह्यो भने उसको शरीरबाट निस्कले गन्ध बदलिन्छ । वजन पनि घट्छ र जाल बुन्ने शक्तिमा पनि ५० प्रतिशत गिरावट आउँछ । यस प्रकारका पोथीतर्फ भाले माकुरो आकर्षित हुँदैन । सोधले यो पनि देखाएको छ, अस्ट्रियाली मूलको रेडब्याक माकुरो पनि पोथीको सिकार हुन्छ । पोथीले सम्भोग गरिसकेपछि भाले माकुरालाई खाइदिन्छे । यसमा फरक के छ भने, रेडब्याकले भोको पेटवाला पोथीसँग पनि सम्भोग गर्छ । सम्भोगबाट पोथी माकुरीले गर्भधारण पनि गर्छे । तर, यसको मूल्यमा भालेले आफ्नो ज्यान दिन्छ ।




0 comments
Write Down Your Responses