हिमानी राजनीतिमा आउने संकेत, राजसंस्था औचित्यबारे पत्रकार सम्मेलन गर्दै
६ साउन, काठमाडौ ।
पूर्व युवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रष्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी गराउने भएकी छन् ।

विहीबार छापा माध्यामको सञ्चारकर्मीहरुलाई बोलाई उनले आफ्नो धारणा ब्यक्त गर्न लागेकी हुन् । हिमानी ट्रष्टका नामबाट सामाजिक सेवा गर्दै आएकी छन् । भूकम्पपीडितहरुलाई पनि हिमानीले राहत वितरण गरेकी थिइन् ।

सामाजिक सेवामा सक्रिय रहेकी उनी पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रसँग राजनीतिमासमेत सक्रिय हुन थालेकी छन् । उनी राजनीतिक भेटघाटका लागि ज्ञानेन्द्रसँगै भारत भ्रमणमा समेत जाने गरेकी छन् ।

देशमा नयाँ संविधान आउन लागेको अवस्थामा अचानक पत्रकार भेटघाट राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिमानी ट्रष्टले पत्रकार भेटघाटमार्फत आफ्ना र राजसंस्थाको औचित्यका बारेमा धारणा सार्वजनिक गर्न लागेको नेपाल समाचारपत्रमा खबर छ ।

हिमानी भारत गएको समयमा भूकम्पपीडितलाई राहत उपलब्ध गराउन पारसले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.