सामाजिक सञ्जालमा समेत सावधान हुनुपर्ने गरि युएइले ल्यायो नयाँ कानुन
४ साउन, एजेन्सी।

धैरे नपाली काम गर्ने युनाइटेड अरब इमिरेट्स (युएइ)ले विभेद सम्बन्धि अन्यत्य कडा कानुन ल्याएको छ। त्यहाँका राष्ट्रिपति शेख खलिफा बिन जायद अल नहयानले जारी गरेको कानुनमा धर्म, जात, सिद्धान्त, रंगका आधारमा गरिने जुनकुसै विभेदलाई वर्जित गर्दै कडा सजायको व्यवस्था गरेको छ।

नयाँ कानुन अनुसार कसैको आत्मसम्मानमा हानी पुग्ने गरेर बोल्न, लेख्न मात्र हैन अनलाइन मिडिया र सामाजिक सञ्जालमा लेख्न समेत पाइने छैन। यस कानुन पश्चात युएइमा रहनेहरुले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरहरुमा विशेष सावधानी अपनाउनुपर्ने भएको छ।

दोषी पाइएको खण्डमा १० वर्षसम्मको जेल सजाँय र २० लाख दिरहामसम्म जरिवाना हुनेछ।

यो नयाँ कानुनले कुनै पनि कार्य जसले धार्मिक आस्थामा आँच पुर्याउछ, भगवानको निन्दा गर्छ वा कुनै पवित्र ग्रन्थको बारेमा नराम्रो भन्छ, ती सबैलाई प्रतिबन्ध लगाएको छ।

युएइमा सामाजिक सञ्चाल र इन्टरनेटको पहुँचले खुल्लापन भित्रिदै गएपछि यस्तो कानुन बनेको बताइन्छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.