“म रहुला नरहुँला, तर तपाईंहरु अब कहिल्यै झगडा नगर्नुस्, मुलुक बनाउनेतिर लाग्नुस् ।”
बाँके निर्वाचन क्षेत्र नं १, २, ३ र ४ मा ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथि जनताको सुझाव सङ्कलन गर्न संविधान सचिवालयद्वारा आयोजित छुट्टाछुट्टै जनसभामा उपस्थित जनताले नागरिकता, महिलाको समानुपातिक अधिकार, सङ्घीय राज्य निर्माण प्रक्रिया र धार्मिक विषयको गहिराइमा पुगेर संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए ।
ती जनसभामा सहभागी सबै जनताले पुनः झै-झगडा हुने तथा व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुने, नागरिकको अधिकारप्रति भेदभाव गरिने संविधान जारी गर्न नहुनेतर्पप्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
ती अलगअलग जनसभामा प्रधानमन्त्री कोइरालाले प्रायः बारम्बार दोहो¥याउँदै भने, “तपाईंहरु निश्चिन्त हुनुस्, अब संविधान आयो, आयो, तराई, पहाड र हिमालका सबै जनताको बराबर अधिकार सम्बोधन भएको संविधान आउँछ, आउँछ ।”
जनसभास्थल पुग्दा प्रधानमन्त्री कोइरालाले फूलमालाले स्वागत गरेका जनतासँग भावुक हुँदै भने, “म रहुला नरहुँला, तर तपाईंहरु अब कहिल्यै झगडा नगर्नुस्, मुलुक बनाउनेतिर लाग्नुस् ।”
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
1 comments
Write Down Your Responses




July 22, 2015 at 3:14 AM
Video Vanera Tala Google Adsense ko ad Rakhxas Kina Jhukyauna Khochas Vaatmara