अन्धविश्वासको चिरफार
काठमाडौँ  । पूर्वीय समाजमा अन्धबिश्वासको भकारी छ । बिश्वास लाग्नु र नलाग्नु आफ्नो ठाउमा छ तर अधिकांशले यस्ता बिश्वासलाई आत्मसाथ गर्दै आएको पाइन्छ ।

खुर्सानी हातमा दिँदा झगडा 
कसैलाई पनि हरियो वा सुकेको खुर्सानी दिनुपरेमा उसको हातमा दिनुहुँदैन भन्ने भनाई छ । हातमा खुर्सानी दिदा खुर्सानी दिने र लिने देवैका बिच झगडा पर्ने अन्धविश्वासका कारण खुर्सानी दिँदा सिधै हातमा नदिई कुनै भाडामा राखेर दिइन्छ वा भुईमा राखेर दिईन्छ ।

आँखामा आनो आउँदा 
आँखामा आनो आउनु पनि नेपाली समाजमा एउटा अन्धविश्वाससँग जोडिएको छ । आँखाको तल्लो वा माथिल्लो भागमा सुन्निएर एक प्रकारको फोका उठ्ने रोगलाई आनो आउनु भनिन्छ । जसको आँखामा त्यस्तोे खालको घाउ आयो त्यो मान्छेले अरुको भाग ठूलो देखेको वा अरुको डाह गरेको कारणले आएको भन्ने एक प्रकारको अन्धविश्वास रहेको छ । आनो भनिने उक्त घाउ आएपछि गरिने उपचारमा पनि झन अचम्म लाग्दो अन्धविश्वास रहेको छ । यस्तो घाउ आएपछि जस्को आँखामा त्यो घाउ आएको हो त्यो पीडित व्यक्तिलाई ढोकाको सँघारमा दुईतिर खुट्टा फारेर बस्न लगाई कुनै सानो बच्चाको लिङ्गले तीन पटक वा सात पटक छुवाएमा अथवा मुसारेमा उक्त घाउ निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।

कसैको नजर नलागोस भन्ने उद्देश्यले कागती र खुर्सानीको माला बनाई झुन्ड्याउनु
सामान्यतः ६ वटा खुर्सानी र एउटा कागती धागोमा उनेर बनाइएको हुन्छ यस्तो माला । घर, गाइगोठ, पसल, गाडीमा कसैको नराम्रो नजर लागेर अशुभ, अफाप्य नहोस् भन्नका लागि यस्तो खुर्सानी र कागतीको माला बनाएर झुन्ड्याउने सुन्दा र खेख्दा पनि अचम्म लाग्ने अन्धविश्वास रहेको छ हाम्रो नेपाली समाजमा ।lemon

कसैले कुरा काटे घाँटी खसखसाउने
अचानक कसैको घाँटीमा खसखस ग¥यो वा खोकि लागे जस्तो भयो भने उ भन्दा टाढा भएको शत्रु वा अरु कसैले उसको बारेमा नराम्रो कुरा ग¥यो अनि घाँटी खसखस ग¥यो भन्ने अन्धविश्वास रहि आएको छ ।

कसैसँग आपसमा टाउको ठोकियो भने थुंथु गर्नुपर्ने वा फेरि ठोक्काउनु पर्ने
कुनै कामले हतारमा हिँडेका बेला झुक्किएर आपसमा टाउको ठोक्कियो भने पनि अशुभ हुन्छ भन्ने गरिन्छ । यदि यस्तो भयो भने अशुभ नहोस भन्नकालागि दुवै जनाले पुनः एक पटक टाउको ठोक्काउनुपर्ने वा विपरित दिशातिर फर्किएर थुंथु गरेर थुक्नु पर्छ यसो गरेमा अशुभ नहुने अन्धविश्वासर रहेको छ ।

हिड्ने बेलामा रित्तो भाँडा देखियो भने साइत नपर्ने वा अशुभ हुने
घरबाट कुनै काम विशेषले कतै हिँड्ने बेलमा यदि रित्तो भाँडो देखियो भने अशुभ हुन्छ वा साईत बिग्रीयो भन्ने अन्धविश्वास रहेको छ । यस्तै हिड्ने बेलामा भरिलो भाँडो देखियो भने साईत प¥यो वा जुन काम लिएर हिँडेको हो त्यो काम हुनेभयो, शुभ भयो भन्ने गरिन्छ । अझ साईत परोस भन्नकालागि घरबाट निस्कदा मूल ढोकाको दुइपछि गाग्री वा अन्य कुनै भाँडोमा पानी भरेर राख्ने गरिन्छ र त्यस्लाई हेरेर हिड्यो भने साईत पर्छ भन्ने गरिन्छ ।

कुकुर अशुभ बिरालो शुभ
कसैका घरमा पालेको कुकुर वा विरालो यदि तपाइको घरमा आयो भने तपाई त्यसलाई शुभ वा अशुभ के भन्नु हुन्छ ? हाम्रो समामजमा यदि कसैको घरमा त्यसरी कुुकुर वा विरालो आएर बस्यो भने त्यसलाई पनि अन्धविश्वाससँग जोड्ने गरिन्छ । कुकुर आएर बस्यो भने अशुभ भनेर खेद्ने गरिन्छ भने विरालो आएर बस्यो भने त्यसलाई शुभ हुन्छ, शुभ लक्षण हो वा अक्ष्मी आएको अब राम्रो हेनछ भन्ने अन्धविश्वास रहेको छ ।

माकुरा झुण्डियो भने पाहुना आउने बाटो हेर्ने
कसैको घरमा वा भान्छा कोठमा माकुरा झुण्डियो भने त्यो दिनमा पाहुना आउँछन् भन्ने अन्धविश्वास रहेको छ ।

बाडुली लाग्यो, कसैले सम्झियो ।
कसैलाई अचानक बाडुली लाग्यो भने पनि कसैले सम्झियो अनि बाडुली लाग्यो भन्ने गरिन्छ । बाडुली लाग्दा आफूबाट टाढा रहेका आफन्त, साथी, प्रियजन, शुभचिन्तक वा अरुकसैले सम्झियो अनि बाडुलि लाग्यो भन्ने अन्धविश्वास रहेको छ ।

घरमा माकुराले जालो लगायो भने ऋण लाग्ने
कसैको घरमा माकुराले जालो लगायो भने ऋण लाग्छ भन्ने अन्धविश्वास रहि आएको छ । यदि माकुराले घरको भित्ता, छानामा, घरको कुनामा जालो लगायो भने त्यस्लाई राख्नु हुँदैन। झन ऋण थपिन्छ, वा ऋण लाग्छ भन्ने गरिन्छ । घरको राम्रोसँग सफाइ नगरे माकुराले अवश्य जालो लगाउँछ, जाँगर चलाएर सधै घरको सफाई गरे माकुराले जालो पनि लगाउँदैन र जाँगरिलो मान्छे सधै अगाडि बढ्न सक्छ ।

 साभार: युन्म्च 


 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.