पिठो बासी राखे मृतात्मा आउने !
धर्मशास्त्रका अनुसार मुछेर डल्लो बनाएको आटा पिण्ड मानिन्छ जसलाई मृतात्माले भक्षण गर्नका लागि अर्पण गरिन्छ । जुनसुकै घरमा लगातार वा प्रायः डल्लो पारेको आटा फ्रिजमा राख्ने परम्परा बनेको छ त्यहाँ भूत, प्रेत तथा अन्य माथिका हावाहरु भोजन गर्नका लागि आइरहेका हुन्छन् । यिनमा प्रायः यस्ता आत्माहरु हुन्छन् जसलाई त्यस घरका वासिन्दाहरुले भुलिसकेका हुन्छन् वा जसको अहिलेसम्म मुक्ति भएको हुँदैन । यस्ता आत्माहरु घरमा आउनुका साथसाथै अनेकौं समस्या घरमा आउन पनि सुरु हुन्छ ।
बचेको आटालाई यसरी राख्ने सबै घरहरुमा कुनै न कुनै प्रकारको अनिष्ट देख्न सकिन्छ । त्यहाँ प्रायः रोगहरु, क्रोध, अल्छिपन आदि भइरहन्छ र घरमा बस्नेहरुको बढुवा हुन पाउँदैन । यसका साथै रातमा बासी बचेको आटाले रोटी बनाउनु शरीरको लागि नोक्सानदायी हुन्छ । यस्तो भोजनले तामसिकतालाई बढावा दिन्छ ।
साथै शरीरलाई पनि रोगहरुका ेघर बनाइदिन्छ जबकी ताजा बनेको भोजनले शरीरलाई स्फूर्ति, शक्ति र स्वस्थ्यता प्रदान गर्दछ । यी सबै चिजहरु देखेर हामीले घरमा वासी आटा राख्नुहुँदैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
1 comments
Write Down Your Responses




July 3, 2015 at 10:11 AM
आत्मा त थाहा भएन, बासी भयो भने ब्याक्टेरिया र यिस्टको कारण पिठोमा नराम्रो दुर्गन्ध आउँछ । त्यसो भए पाउरोटी र डुनट फ्याक्ट्रीमा त भूत-प्रेतको बास नै होला है ?