कृषि मन्त्रालय पनि वामदेव आफैँले सम्हाल्ने
बिहिबार, आषाढ १७, २
एमालेको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवम गृहमन्त्री वामदेव गौतमले नै कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन । कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएपछि एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले छिट्टै सरकार परिवर्तन हुने भएकाले छोटो समयका लागि नयाँ मन्त्री बनाउन उपयुक्त नहुने निष्कर्ष निकालेपछि गौतमले नै कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने निर्णय भएको हो ।

किसान महासंघका उपमहासचिव समेत रहेका किसान नेता बलराम बाँस्कोटालाई गौतमले मन्त्री बनाउन चाहेका थिए । स्रोतका अनुसार पराजुलीले राजीनामा दिएपछि गौतमले बाँस्कोटालाई मन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीलाई सिफारिस गरेका थिए । गौतमले सिफारिस गरेपछि ओली पनि बाँस्कोटाको नाममा सकारात्मक थिए ।

तर, साउनभित्रै नयाँ सरकार बन्ने अवस्थामा एक महिनाको लागि नयाँ मन्त्री बनाउन उपयुक्त नहुने तर्क अधिकांश नेताले राखेका थिए । त्यसपछि कृषि मन्त्रालयको जिम्मेवारी पनि गौतमले नै सम्हाने निष्कर्षका नेताहरु बालकोटबाट बाहिरिएका थिए ।


 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.