मंगलबार बिहानै आयो ७.२ रेक्टरस्केलको शक्तिशाली भूकम्प
एजेन्सी । इण्डोनेसियाको पूर्वी क्षेत्र पापुआमा मंगलबा बिहान ७.२ रेक्टरस्केलको शक्तिशाली भूकम्प आएको छ ।
त्यहाँको मौसम विभागका अधिकारीहरुले भूकम्पको झड्का महसुस गरिएको जनाएका छन् । इण्डोनेसियाको स्थानीय समयअनुसार ४ बजेर ४१ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको र यसको केन्द्र पापुआबाट ७५ किलोमिटर दक्षिणपूर्वमा रहेको बताइएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार ४९ किलोमिटर गरिराइ पारेर गएको भूकम्पपछि मानिसहरु त्रसित बनेका थिए । भूकम्पबाट भएको कुनै क्षतिको विवरण भने आइसकेको छैन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.