धैर्य गर्नुस् हिन्दू धर्मको विजय हुन्छ : मन्त्री निधि
हिमाल, पहाड, तराई, मधेस सबै क्षेत्रका जनताको आस्था र चाहना हिन्दू धर्मप्रति रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “म हिन्दू हुँ, हिन्दू हुनुमा मलाई गर्व छ, त्यसैले हिन्दू धर्मको रक्षाका लागि मेरो पनि योगदान रहनेछ ।” त्यस अवसरमा सभासद् रामेश्वर ढुङ्गेलले भक्तपुरको विकासमा सरकारले सहयोग गर्नुपर्ने औल्याउँदै भक्तपुरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिका उपाध्यक्ष किरण थापाले भूकम्पले भत्काएको मूल मन्दिर बनाउन रु पाँच करोड लाग्ने अनु्मान गरिएको जानकारी दिँदै आर्थिक सङ्कलनको मुख्य उद्देश्यले साउन महिनाभर महायज्ञ लगाउन लागिएको हो भन्नुभयो ।
साउन १ देखि १० गतेसम्म लगाएको देवी भागवत् महापुराणमा करिब रु ११ लाख सङ्कलन भएको र साउन ३१ गतेसम्म नै महायज्ञ लगाउने जानकारी उहाँले दिनुभयो । कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्रकी प्रमुख सिर्जना श्रेष्ठले रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको थियो ।




0 comments
Write Down Your Responses