कृषि मन्त्रीको अंगालोमा परेकी सानुको यस्तो बिलौना
काठमाण्डु, १७ असार– कृषिमन्त्री हरि पराजुलीले अश्लिल हर्कत गरेको तश्बिरहरु एकाएक भाइरल भएपछि ती तस्बिरमा देखिएका महिलाहरुलाई ठूलो आघात परेको छ । मूलपानीमा रहेको महांकाल सफल कृषक समूह र मनोहरा मिश्रित कृषक समूहले बिहिबार ललितपुरस्थित कृषि विभागको हलमा पत्रकार सम्मेलन गरेर बिलौना गरेका छन् ।
तस्बिरमा कृषि मन्त्री पराजुलीको अंगालोबाट उम्किएको देखिने महिला हुन् मूलपानीकी ७० वर्षीया सानु केसी । 
केसीले बिहिबारको पत्रकारसम्मेलनमा आफ्नो बिलौना यसरी पोखिन्ः

‘सधैको वर्ष झै यसपटक पनि असार १५ मा बाह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम  आयोजना भएको थियो । त्यो कार्यक्रम दुईवटा कृषक समूह मिलेर गरेको हो । धान रोपाईमा कृषिका सरकारी कर्मचारीहरु पनि आउने भनियो । पछि कृषि मन्त्री पनि आउने थाह भयो । त्यो कार्यक्रममा आधुनिक कृषि प्रविधिबारे जानकारी दिने र असार १५ मनाउने भनिएको थियो ।
कार्यक्रम राम्रोसँग अघिबढी रहेको थियो । सुरुको कार्यक्रम सकिएपछि कृषकहरु सबैले हिलो छ्यापाछ्याप गर्न थाले । त्यो स्वतस्फूर्त थियो । कृषि मन्त्री हरि पराजुली प्रमुख अतिथिका रुपमा आउनु भएको थियो । उहाँले मसँग आशिर्वाद लिनुभएको हो । मलाई नराम्रो व्यवहार केही पनि गर्नु भएको थिएन ।
तर मिडियाका मान्छेले फोटो खिच्दा अतिरञ्जित हुने किशिमले बाहिर पुर्याएछन् । यसले मलाई ठूला आघात परेको छ । म ७० वर्षकी वृद्धा हुँ । मसँग मन्त्री पराजुलीले यसो गर्यो उसो गर्यो भन्दै अर्थको अनर्थ लगाएर प्रचार गरियो । महिला अधिकारकर्मी भनाउँदाहरुले पनि डलर पचाउँन कोकोहोला मच्चाए । विदेशमा बस्ने आफन्तहरुले पनि फोन गरेर के भएको हो भनेर सोधे । मलाई लाज मर्नु भयो । मेरो इज्जत प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पुर्याए । ’

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


13 comments

Ashirbad mageko ki kisss tyo ta foto ra video le prastai sanga bhanchha ni hoina madam. Ani ulto haat hallyera mukha bigareko chia ashis deko hola ni,,

kati ruppee diyo mantri khaate le ... yesto ramro kura hami haru lai sunanauna lai :D

mantri jsto manxea lea chai lesto budhi aaimai lai nai samatnu parnea chai thyena hola hoe mantri lea vhalu bhalu eka ek pau6 70 yrs old mahela lai hoina hoya yo chai media lea fake news deko jsto lag6.

Media persons are the most foolish to spoil country and and persons. Is there not anything about dignity and respect of the people in this country.

Media persons are the most foolish to spoil country and and persons. Is there not anything about dignity and respect of the people in this country.

This comment has been removed by the author.

Just it has been an accident and thinking sens are wrong....

Tapai grandma le pane paisa ko lage afno ejjat bechnu bho hoina ta..........?

Hoina tyo vedio ma arka ko photo ta hoina hola nee....?😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

मिडियाको अनर्गल प्रचारलाई आधार मानि सम्बन्धित संथाको आफ्नू बिचार लाई बुझ्दैनबुझी कारबाहिको समेत सिफारिस गर्ने मन्त्रीजिउको पद आखिर तेइ मिडिया ले नै समाप्त । नेपाली मिडिया को चरित्र उदाङगो हुँदै गएको अवस्था ।

This comment has been removed by the author.

We are not fool to believe in the elusive statement made by the "victim"...it's crystal clear via video about what actually happened there!!!

This comment has been removed by the author.

Write Down Your Responses

Powered by Blogger.