आतंकवादी संगठन इस्लामिक स्टेट भारतमा आक्रमण गर्ने तयारीमा
संसारकै सबैभन्दा खुंखार मानिएको आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले भारतमा आक्रमण गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले विभिन्न रिपोर्टलाई हवालाई दिँदै जनाएका छन् ।
आइएसले भारतमा आक्रमण गर्नका लागि तयारी गरिरहेको र पाकिस्तान वा अफगानिस्तानका तालिबानलाई दोष लगाउने गरि योजना अघि बढाएको समाचारमा जनाइएको छ ।
यूएस टूडेले मंगलबार उर्दु भाषामा ३२ पेजको कागजातलाई उल्लेख गर्दै समाचार प्रकाशित गरेको थियो । पाकिस्तानी तालिबानका अधिकारीबाट प्राप्त भनिएको उक्त कागजातमा स्लामिक स्टेट भारतमा आक्रमणको अन्तिम तयारीमा रहेको उल्लेख रहेको बताइएको छ ।
यस अघि इस्लामिक स्टेटले भारतको कश्मिरमा झण्डा फहराएको थियो ।
यो संगठनले भारतमा आक्रमण गरेमा नेपालमा समेत असुरक्षा बढ्ने विश्लेषण गरिएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses