महिला र पुरुषबीच उमेरमा अन्तर हुन किन जरुरी छ ?
प्राचीन हिन्दु धर्मग्रन्थअनुसार सफल वैवाहित जीवनका लागि पुरुषले यस्ती स्त्रीलाई विवाह गर्न आवश्यक छ जसको उमेर आफूभन्दा एक तिहाई कम होस । परन्तु विवाहमा उमेरको अन्तर हुनु किन महत्वपूर्ण छ ?
सम्बन्ध ती दुई ब्यक्तिहरु जोडिएर बन्दछ, जो एक दोस्रोको राम्रो वा नराम्रो पक्षलाई आत्मसात गरेर एकसाथ अगाडि बढ्न चाहन्छन् । उनीहरु एकले दोस्रोलाई आत्मसात गर्न चाहन्छ तर के यसमा उमेरको अन्तरको प्रभाव पर्दछ ? उमेरको प्रभावले पनि सम्बन्धको मधुरतालाई प्रभावित पार्ने गर्दछ ।
समाजमा नियमको निर्माण जैविक, शारीरिक, भावनात्मक र वित्तीय पहलुलाई ध्यान दिएर गरिएको हुन्छ । उमेर ब्यक्तिको स्थिरता र परिपक्वताको स्तरका जोडिएको हुन्छ । जो एक सम्बन्धमा अति आवश्यक हुन्छ । अहिले यस विषयमा कयौं विरोधी विचारहरु छन् । त्यसो भए सम्बन्धमा उमेरको कुनै महत्व हुँदैंन त ?
कयौं कारणहरु छन्, जो यस प्रकारको नियमका लागि जिम्मेवार छन् । जैविक दृष्टिकोणअनुसार सम्बन्धमा उमेरको फरक हुन महत्वपूर्ण छ । पुरुष आफ्नो उमेरभन्दा २ वर्ष कम समक्षदार हुन्छन् तर महिलाहरु दुई वर्ष अधिक समझदार हुन्छन् । त्यसैले उमेरको अन्तर राख्ने सल्लाह दिइएको मानिन्छ । भावनात्मक सन्तुलन ठूलो ब्यक्ति प्रायः स्थिरतासँग जोडिएको हुन्छ तर सानो मान्छे चाडै आवेशमा आउँछ ।
त्यसैले सम्बन्धलाई बलियो बनाउनका लागि उमेरमा अन्तर राख्नु अति जरुरी हुन्छ । परम्पराअनुसार पारिवारिक रुपमा पुरुषलाई घरको मुखिया मानिन्छ । त्यसैले उसलाई आदर दिन आवश्यक हुन्छ । जोडीको सामाजिक स्वीकृतीका लागि पनि यो आवश्यक हुन्छ ।
यसैगरी यौन जीवन तथा भविष्यका लागि पनि अन्तर हुन आवश्यक छ । साथै भविष्यको परिवारको योजना, यौन सम्पर्कमा देखिने समस्या निवारणका लागि पनि उमेरमा अन्तर राख्न आवश्यक देखिन्छ । किनभने, उमेर अनुसार मानिसहरुको सेक्स चाहनामा पनि फरक पर्दछ । त्यसैले महिला र पुरुषबीचको सम्बन्धमा निश्चित फरक हुनु अति नै आवश्यक भएको मानिन्छ । यसले उनीहरुले उत्पादन गर्ने सन्तानलाई समेत प्रभावित पार्ने मानिन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses