धोकेवाज प्रेमीप्रेमिकालाई चिन्ने तरिका (टिप्स)
यो संसार विश्वासको जगमा अडेको छ । यहा हरेक सम्वन्धहरु पे्रम र विश्वासको जगमा अडिएका हुन्छन् । यति हुदा हुदै पनि यहा प्रत्येक पल धोका दिनेहरुको कुनै कमि नै छैन । पे्रम र विश्वास विना सम्वन्धको कल्पना समेत गर्न सकिदैन तर पनि विश्वासकै पयार्यवाची शव्द धोका भएकाले होला विश्वासकै पछि पछि धोका दिने र धोका पाउनेहरु थुपै्र छन ।

तपाई हामी जव कसैलाइ मन पराउदछौ बिश्वास जित्दछौ त्यसपछि उसका सबै कुरा आखा चिम्लेर बिश्वास गर्दछौ । उसका स–साना कुरामा हामि पटक्कै ध्यान दिदैनौ । जव बिश्वास जीतेर नजिकको मानिसले धोका दिन थाल्दछ त्यो क्षण हाम्रो जीवनको सबैभन्दा दुखद क्षण बन्न पुग्दछ । त्यतिखेर एकैपटक हामि छाँगाबाट खसे जस्तो हुन्छौ र भन्न थाल्छौ धोका दिनेलाइ के भनौ र खै ? ।

साइकोलोजीकल साइन्समा २०११ मा गरिएको अध्ययन अनुसार धोका दिनुको कारण र सम्वन्ध महिला र पुरुषमा भन्दा पनि बढि सत्ता र पावरसंग सम्वन्धित हुन्छ । महिलाको तुलनामा पुरुषहरु धोका दिनको लागि बढि सक्रिय देखिन्छन । यद्यपि यसमा पनि सत्ता र पावरको भुमिका रहेको हुन्छ । यस्तै एक अनुसन्धानमा चाहि के भनिएको छ भने पुरुष र महिलामा धोका दिनको लागि कोहि पनि कम छैनन ।

अमेरिकाको एउटा डेटिङ साइडको तथ्याङ्क अनुसार विवाहीत महिलाहरुको जीवनमा पनि कुनै बेला यस्तो मोड आउदछ जुन मोडमा महिलाहरु धोका दिनको लागि पे्ररित हुन्छन । ४० बर्ष सम्मका महिलाहरुमा यो अवस्था पाइएको छ, उमेरका कारण मानसिक रुपमै उनिहरुमा सम्वन्धमा पे्रम महशुस नहुने र भावनात्मक शून्यता हुनसक्दछ जसले गर्दा आफ्नो पार्टनरलाइ धोका दिने सम्म सोच्न थाल्दछन ।

१. धेरै महिला साथि बटुल्ने पुरुषहरु धोकेवाज हुनसक्छन”
जुन पुरुषको साथिहरुमा पुरुष भन्दा महिला साथिहरु बढि हुन्छन त्यस्ता पुरुषहरुले साथीलाइ धोका दिनसक्ने सम्भावना बढि रहन्छ । ति महिला साथिमध्ये कुनै महिला उसको पूर्व पे्रमीका पनि हुनसक्छे । या अहिले पनि साथिको बहानामा कुनै सम्वन्धमा रहेको हुन सक्छ । तसर्थ धेरै महिला साथि बटुल्ने पुरुषहरुसंग सतर्क रहनुस् ।

२.साथीको बारेमा गलत सूचना दिने पुरुषहरु धोकेवाज हुन सक्छन:
पुरुषका महिला साथि महिलाका पुरुष साथि हुनु आजको दुनियामा नयाँ कुरा होइन तर कुरा मात्र बिश्वासको हन्छ । यदि कुनै पुरुष या महिलाहरु आफ्नो साथिको बारेमा कसैले सोधखोज गर्दा ढाटेर नातेदारको रुपमा परिचित गराउदछन या कसैलाइ पनि परिचय गराउन हिच्कीचाउछन भने त्यसमा पक्कै पनि गडबडी छ भनेर जान्नुहोस ।

३.प्राइभेसीको पाठ सिकाउने पुरुषहरु धोकेवाज हुन सक्छन:
पे्रमी पे्रमीका वा श्रीमान श्रीमती भइ सकेपछि जीवनमा त्यो भन्दा ठूलो प्राइभेसी अरु केहि हुन सक्दैन । शायद त्यसैले होला आज कयौ जोडीहरु एउटै आइडीबाट फेसबुक,ट्वीटर चलाउने समेत देखिएका छन । यहा कोहि कोहि व्यक्तिहरु यस्ता पनि छन जो प्राइभेसीको नाममा आफ्नो पे्रमीका वा श्रीमतीलाइ मोवाइल फोन लगायतका सामान छुन समेत दिदैनन । यस्ता श्रीमान वा पे्रमीहरुसंग सावधान हुन जरुरी छ , यिनीहरु धोकेवाज हुन सक्दछन ।

४.आरोप लगाउने महिला वा पुरुषहरु धोकेवाज हुन सक्छन:
नेपालीमा एउटा उखान छ जसको हातमा खोटो मोहर उसको मनमा धरमर । जव कुनै मानिस आफु धोकेवाज छ उसले सन्सारलाइ नै धोकेवाज देख्छ र आफ्नो पार्टनरलाइ पनि बेलाबेलामा भए नभएको आरोप लगाउन पछि पर्दैन । यस्तो बेलामा तपाइले आफ्नो पार्टनर प्रति ध्यान दिन जरुरी छ ।

५.बारम्वार खोटहरु निकालीरहने पुरुषहरु धोकेवाज हुन सक्छन:
कसैमा दोष देखाउनकै लागि केहि न केहि खोट निकाल्न को निहु नै चाहिन्न । यहा एक दिन तरकारीमा नुन कम भो भने रँडाको मच्चाउने श्रीमानहरु पनि छन अनि प्रत्येक दिन आफुलाइ माया गर्ने श्रीमतीले जे जस्तो पकाएको छ त्यसलाइ मिठो मानेर खानेहरु पनि छन । हरेक कुरामा कमि कमजोरी देखाउनेहरुको पनि कमि छैन । यो गरेको भएन, यो लगाएको भएन यस्तै आदिआदि । यदि बारम्वार स –साना कुरामा खोट देखाइरहेको खन्डमा तपाइ बुझ्नुहोस कि तपाइको श्रीमान वा पे्रमीले अर्को पर्फेक्ट साथी भेटीसकेको छ । उ तपाइलाइ धोका दिएर अरु कसैप्रति बिश्वास गर्न थालेको छ त्यसैले तपाइमा भए नभएको खोट निकालीरहेको छ ।

६.धेरै समय अफिसमा बिताउने पुरुषहरु धोकेवाज हुन सक्छन:
कहिलेकाहि अफिसको कामको शिलशिलामा लामो समय अफिसमा बस्नुलाइ अन्यथा लिनुहुन्न । तर अफिस गएको बहानामा सधै ढिलो घर आउनु तर कामको थकान अनुहारमा नदेखिने हुन्छ भने तपाइ बुझ्नुस कि तपाइको श्रीमानको ध्यान अन्यत्र अरु कसैमा छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.