मोडलिङको बहानामा डान्सबारबाट युवती विदेश पठाउने गिरोह सक्रिय
काठमाडौँ, ५ साउन ।
नेपाली युवतीलाई मोडलिङको बहानामा विदेशी मुलुकमा तस्करी गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरे पनि कमजोर अनुसन्धानका कारण अदालतबाट मुक्ति पाइरहेका छन् । अदालतबाट मुक्त भएलगत्तै गिरोहले पुनः सोही पेशा अंगालेपछि थप युवती बेचिने सम्भावना बढेको छ ।
गिरोह पक्राउपछि भागदौड गर्दै बाँकीले सुरक्षित स्थलको खोजी गर्दै भारतको सिक्किम र योवा पुगे पनि अहिले फेरि काठमाडौँ फर्केर तस्करी सुरु गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीविरुद्ध ‘अप्रेसन इगल’ कारबाही सुरु गरेपछि युवती तस्करी गर्ने गिरोहका एक दर्जन पक्राउ परेका थिए ।
तीमध्य राजधानीका ठूलो नाइके नबीन दाहाललाई अदालतले धरौटीमा छाडेपछि उनी फेरि युवती तस्करी गर्न केटी खोज्दै डान्स र डिस्को धाउन थालेको पाइएको छ । उनको पक्राउसँगै युवती तस्करीमा संलग्न तथा उनका सहयोगी फरार भई राजधानी छोडेर गोवा र सिक्किम पुगेका थिए । युवती तस्करीमा संलग्न कालीमाटीस्थित एके डान्सबारका सञ्चालक ज्ञानु श्रेष्ठ, नयाँबस्तीका दीपक, नयाँबानेश्वरका नरेश, मैह्पीका गोपाल लामा, प्रकाश नामले चिनिने रेष्टुरेन्टका डान्सर दुई महिनाअघि फरार भएर गोवा र सिक्किम पुगेका थिए । तर दाहाललाई अदालतले धरौटीमा छाड्ने आदेशलगत्तै उनस्हरु राजधानी आएर युवती तस्करीमा संलग्न हुन थालेको स्रोत बताउँछ । दुई महिनाअघि सिआइबीले डान्सबारका सञ्चालकसहित युवती तस्करीमा संलग्न १२ लाई पक्राउ गरी सार्वजनिक गरेपछि यसमा संलग्न बाँकी फरार थिए ।
सिआइबीले इमाडोलका ३४ वर्षीय राजन भनिने राजेन्द्र सुवेदी खत्री, कालोपुलका ३७ वर्षीय सविन श्रेष्ठ भनिने सविन राजा मानन्धर, भारत नयाँ दिल्ली घर भएका २७ वर्षीय रियान भनिने तरुण रोजना खनवाल, काठमाडौँ सानो भ¥याङगका ३२ वर्षीय ललितराज सिंह सुवाल, मोरङ विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ वर्षीय सुनिल अधिकारी, सिनामंगलका ३४ वर्षीय केदारबहादुर खड्का र धनकुटाका घर भई मैतिदेवी बस्ने ३४ वर्षीय नविन दाहाललाई मानवतस्करी गरेको अभियोगमा मुद्दा चलाएको थियो । सिआइबीले मानवबेचबिखन तथा ओसारपसार र अकुत सम्पत्ति थुपारेको भन्दै सम्पत्ति शुद्धिकरण विभागलाई समेत मुद्दा चलाउन अनुरोध गरेको थियो ।
तर प्रहरी अनुसन्धान फितलो हुँदा पक्राउ परेका मध्य राजन केसी भनिने राजन सुवेदी, नबीन दाहाललगायतका गिरोह अदालतबाट छुट्न सफल भई पुनः सोही धन्दामा लागेका हुन् । गिरोहले नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाई रेष्टुरेन्टमा काम गर्ने भन्दै तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया, युगान्डा, ओमानलगायतका मुलुकमा पठाउँदै आएको सिआइबीको अनुसन्धानबाट खुलासा भएको थियो । पछिल्लो समय फेरि राजधानीमा दुई दर्जन युवती तस्कर सक्रिय हुँदै आएका छन् ।
समाचार स्रोतका अनुसार जेल मुक्त भएका नबीन दाहाल, राजन केसीका साथै सुजन दाहाल, एके रेष्टुरेन्टका सञ्चालक ज्ञानु श्रेष्ठ, काले भनिने हिमाल, अनिल, शैलेन्द्र, शैलेस, दुर्लभ, ज्ञानुकै साला, दिनेश, नरेश, गोपाल गुरु, न्यूरोडको नटराज डान्सबारकी सञ्चालिका भावना, रोहित काले, क्यासिनोमा डान्स गुरुप सञ्चालन गर्ने मिलन लामा, कोटेश्वरको शेखर लामा, भक्तपुरका रमेश बुढाथोकी, चक्रपथका हेम लामा, सुरज लामाको आपराधिक समूह राजधानीमा सक्रिय रहेको अपराध खबर डटकमले समाचार दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५,


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.