यी राशीवाला महिलाहरु चाडै प्रेममा
कुन राशीको महिला कस्तो ?

भनिन्छ मानिसहरुको स्वभाव बिभिन्न राशीहरुले फरक पार्दछ । राशीको निर्माण जन्मदाको समय अनुसार जन्मकुन्डली अनुसार रहन्छ । ज्योतिषीहरुले बिभिन्न नाम अनुसारका १२ वटा राशी बताउने गरेका छन । प्राय हेराएर गर्ने बिवाहमा पनि राशी र राशीफलहरु हेरेर नै केटा र केटीको भविश्य आंकलन गरिन्छ । हिजोआज परम्परागत मागी बिवाह भन्दा पे्रम बिवाहको प्रचलन बढ्दो छ यस्तो अवस्थामा हामी आफुले मन पराएको केटीको राशी पत्ता लगाएर पनि उसका स्वभाव र आनीवानीका बारेमा अन्दाज लगाउन सक्दछौ । करोडौ मानिसका यहि १२ वटा राशीमात्र हुने हुदा केहि मिल्लान केही नमिल्लान ता पनि जान्नको लागि हेरौ कुन राशीको महिलाको कस्तो स्वभाव हुन्छ ।


मेष 
यो राशीको केटीहरुलाई प्रेममा पार्न त्यति सजिलो छैन। उनिहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मन पर्छ भन्ने पनि छैन । उनिरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटिहरुलाई आफ्नो आईडिया चाहिन्छ ।

बृष 
बृष राशिका केटिहरु सुन्दर हुन्छन् । यस राशिका केटिहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनिहरुलाई बुझ्न भने गार्हो पर्छ । यस राशिका केटिहरुलाई पनि प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन 
मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् उनिहरु पनि यस्तै चाहन्छन । यिनिहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटिहरुलाई सबैले मन पराउँछन् । तपाँई मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाँई पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट 
कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मन पर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने कुरो बिग्रिन सक्छ ।

सिंह 
सिंह राशिका केटीहरु जहिलेपनि अरुमाथि आफ्नो शासन चलाउन चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई ईम्प्रेस पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ डिमान्डिङ्ग हुन्छन् ।

कन्या 
कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्, यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला 
तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाई एकदम समझदार हुनुपर्छ ।

बृश्चिक 
बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुदैन ।

धनु 
धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथी प्रभाव पार्नको लागी तपाईको गोजीमा पैसैपैसा हुनुपर्छ ।

मकर 
मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभाबका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेमसम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ 
कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाई अलिकति समझदार हुनुभयो भने तपाईलाई कुम्भ राशिको केटीलाई ईम्पे्रस पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन 
मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायापे्रममा पर्छन् । यस राशिका केटीहरुलाई ईम्पे्रस गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपनाजस्तो मायापे्रम मनपर्छ ।



भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.