खान पुग्ने तलब नदिएका कारण भ्रष्टाचार : डा. भट्टराई
पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कर्मचारीहरुलाई खान पुग्ने तलब नदिएका कारण भ्रष्टाचार हुने गरेको बताएका छन् । बुधबार संसद बैठकमा बोल्दै एमामाओवादी नेता समेत रहेका डा. भट्टराईले भने, ‘कर्मचारीलाई तलबले खानै पुग्दैन, त्यसले पनि भ्रष्टाचार भइरहेको छ ।’
उनले कर्मचारीलाई आकर्षक तलब दिएर त्यही अनुसारको काम लगाउनु पर्नेमा जोड दिए । मुख्यसचिवको तलब एक लाख बनाइदिए पनि हुने डा. भट्टराईको सुझाव छ । आकर्षक तलब सुविधा नदिएसम्म भ्रष्टचारलाई शून्यमा झार्न नसकिने उनको भनाई छ ।
बजेटमा स्पष्ट रुपमा प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिदै उनले बजेटमा प्राथमिकता निर्धारण नगरेकोमा आपत्ति जनाए । अर्थमन्त्री डा. रामशरण महतले हनुमान जसरी बिन्ध्याचल पर्वत नै संसदमा प्रस्तुत गरेको टिप्पणी गर्दै डा. भट्टराईले भने, ‘झारसहितको पहाडमा सञ्जीवनी कुन् हो पत्ता लगाउन गाह्रो भयो ।’
बजेटले कृषिलाई मुख्य प्राथमिकता दिनु पर्ने भन्दै पूर्व अर्थमन्त्री डा. भट्टराईले यसका लागि १० प्रतिशत बजेट छुट्याउनु पर्नेमा जोड दिए ।
पूर्वाधार र सडक सञ्जाल, उर्जा, शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनलाई बजेटमा प्राथमिकतामा राख्न डा. भट्टराईले सुझाव दिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses