यी हुन् याकूबलाई फाँसीमा चढाउने ‘साहसी’ महिला पुलिस अफिसर
मुम्बई हमलाका दोषी याकूब मेमनलाई २२ वर्षपछि फांसी दिइएको थियो । ३० जुलाई को विहान साढ़े ६ बजे याकूबलाई फांसीमा झुण्ड्याइएको थियो । याकूबको फांसीभन्दा पहिला चलिरहेका चर्चा र विवाद अब सकिएका छन् । तर, अब याकूबको सजायँलाई पूरा गरेपछि सबैभन्दा बढी चर्चामा छिन् एक बहादुर महिला पुलिस अधिकारी । ती लेडी पुलिस अफसर जो निडर छिन्, बहादुर छिन् र अपराधी उनका अगाडि थर-थर काप्न थाल्छन् । उनी हु्न् महाराष्ट्र की पहली महिला आईपीएस अधिकारी मीरा बोरवणकर ।
याकूब मेमनलाई फांसी दिने समयमा चुनिएका ६ जनामध्ये प्रमुख भुमिकामा थिईन् मीरा बोरवणकर । आफ्नो ड्युटीमा इमान्दार सफल महाराष्ट्र की पहली आईपीएस अधिकारी हुन् मीरा जसको कडा निगरानीमा याकूबलाई फांसी झुण्ड्याइयो । याकूबको फांसीको सबै तयारी मीरा बोरवणकरकै निगरानीमा भएको थियो । पुलिस अफिसरमा महिला अधिकारि हुनु सामान्य कुरा हो तर, यस्तो पहिलो पटक भएको छ जब कुनै लेडी अफिसरलाई फांसी सजायँको तयारी गर्ने ठूलो जिम्मेवारी दिइयो । भनिन्छ महिला कोमल मनका हुन्छन् । सानो घाउ देख्न नसक्ने कसरी अरुको मृत्युदण्ड हेर्न सक्छ । तर मिराले त्यो भनाईलाई सावित गरिदिएकी छिन् । उनले एक अपराधीलाई फाँसीमा झुण्ड्याएरै छाडिन् । याकूबलाई फाँसीको सजायँ भएपछि रातभरी नसुतेर मिराले २४ घण्टा ड्युटी समेत गरेकी थिईन् ।
पूरै रात मीरा बोरवणकर र उनको टीम उभिएको थियो सुरक्षाका लागि । यो भन्दा पहिला पनि डन अबु सलेम, मोनिका बेदी लगायतका ठूला ठूला अपराधीलाई समात्नमा मिराको ठूलो भुमिका थियो । रानी मुखर्जीको फिल्म मर्दानी पनि मीरा बोरवणकरकै जीवनमा आधारित छ । यस्ता बहादुर महिला अफिसरले सिर्फ महाराष्ट्र पुलिस हैन् पूरै देशको नामलाई उचो पारेकी छिन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses