‘सेक्स केही होइन, भोक लागेको बेला खाने कुरा हो’
तिर्सनाले भनेकी छिन्, ‘सेक्स भनेको भोक लागेको बेला खाने कुरा जस्तै हो ।’ उनले नोपालमा सेक्सलाई भइङक्कर ठूलो रुपमा लिने गरे पनि सेक्स सामन्य र मानिसको लागि अति आवश्यक रहेको बताएकी छिन् । भन्छिन्, ‘शरिरलाई तन्दुरुस्त र स्वस्थ राख्न पनि सेक्स आवश्यक पर्छ । सेक्सले टेन्सनमुक्त गर्छ ।’
तिर्सनाले बिकिनीमा फोटो सुट गर्न चाहेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘अब चाडै स्वीमिङ पुल गएर बिकिनीमा फोटो सुट गर्दैछु । यो मेरो व्यक्तिगत कुरा हो ।’ शिवलिंगको पुजा गर्ने नेपालीले आफ्नो फोटोमा कमेन्ट गर्नुको औचित्य नरहेको तिर्सनाको भनाई छ । उनले भनेकी छिन्, ‘म रिडायर्ड इन्स्पेक्टरकी छोरी हुँ । कतिसम्म खुल्नुपर्छ भन्ने मलाई थाहा छ । एक समय मलाई पागलजस्तो पनि बनाइयो । तर म पागल त होइन नी ?’
यसअघि ठमेलमा पानी पसल, कोल्डस्टोर र रेष्टुरेण्ट व्यवसाय गरेको बताउँदै तिर्सनाले भनेकी छिन्, ‘पहिले मसँग कार किन्ने पैसा थियो । फिल्मी क्षेत्रमा आएपछि स्कुटर किन्ने पैसा पनि छैन ।’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses