एमालेकी नेतृ राप्रपा उम्मेदवारकी दोश्री बनेर वाकवाक गर्दै
कम्युनिष्टहरु यौनका मामलामा कुरा कडा गर्ने र व्यवहारमा ठिक उल्टो हुनेगरी उदार देखिने गरेका थुप्रै दृष्टान्त छन् । प्रचण्ड पुत्र प्रकाश, हेमन्तप्रकाश वली, बादल, हरिबोल गजुरेल, लेखनाथ न्यौपाने त केही उदाहरण मात्र हुन् । तर यो भने एमाले नेतृलाई राप्रपाका सभासद् उम्मेदवारले दोश्री बनाएर भित्र्याएका प्रसंग हो ।
जेठी श्रीमतीले अर्की भित्र्याएकी थाहा पाएपछि पतिसँग निकै गुनासो गरिन् । गोविन्दले भने त्यो मेरो केटी साथी त हो तर उसको धेरैसँग सम्बन्ध रहेछ, त्यसैले मैले श्रीमती बनाउने कुरै छैन भनेर आश्वस्त तुल्याएका छन् । यता सीतलाई भने जेठीको चिन्तै नगर उसलाई पेप्सीकोलामा २ रोपनी जग्गासहित घर बनाएर राखिदिएको छु भन्ने गरेका छन् ।
बाहिरतिर साथिभाईसँग गोविन्दले जेठीलाई पुग्ने कमाएर राखिदिएकाले उजुरबाजुर केही नगर्ने बताउँछन् । यता दुई सन्तानलाई लिएर बसेकी जेठी श्रीमतीलाई भने गोविन्दले दुई हप्तादेखि कसैसँग भेटघाट गर्न र सम्पर्क बढाउन वर्जित गरेका बुझिएको छ ।
शुरुमा नेपाली सेनाको सामान्य जागिरे रहेका उनले गाउँमै हुँदा जेठी श्रीमती भित्र्याएका भन्ने पनि नभएका होइनन् । बाहिर केटी राखेर हिंड्ने उनले घरकी श्रीमतीलाई निकै हैरानी दिएपछि दिक्क भएकी उनले नेपाली सेनामै उजुरी गर्नासाथ गोविन्द जागिर नै छाडेर हिंडको रामेछाप सम्पकै मञ्चका एक पदाधिकारीले बताए । त्यसपछि राजधानीमै बसी जग्गा किनबेचमा बिचौलिया बनेका उनले करोडौं सम्पत्ती जोड्न भ्याए ।
मदिरापान र युवतीका विशेष सौखिन गोविन्द र सीताबीच मञ्चले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट हिमचिम बढेको थियो । तीस कटेकी अबीवाहित सीतासँगको सम्बन्ध झांगिदै गएपछि जानकी मन्दिर पुगेर निकटतालाई औपचारिकता दिएका यी नव जोईपोई अहिले साथै बस्ने गरेका छैनन् ।
देखावटी रुपले साथै नबसेपनि सीतालाई निकै वाकवाकी बढेपछि दुई पटक अस्पताल पुगिसकेकी छन् । परीक्षणबाट उनी गोविन्दका सन्तानको आमा बन्न लागेको पुष्टि भएको मञ्चका एक पदाधिारीले बताए ।
उपाध्यक्षलाई कान्छी, महासचिवलाई हेलिकप्टर
एमाले उपाध्यक्षसँग गन्धर्व बीहे गर्नुअघिसम्म राप्रपाका चल्तापुर्जा जिल्ला नेता रहेका गोविन्द बीहेपछि पनि यस्तै अवस्थामा रहन सकेनन् । अन्तत राप्रपा नै छाड्ने अवस्थामा उनी पुगे । एमाले उपाध्यक्ष भित्र्याएका उनी बीहेको दोश्रो हप्ता नबित्दै एमालेमा भित्रिए । उनले काठमाडौबाट हेलिकप्टरमा इश्वर पोखरेल र नव दुलहीलाई लिएर रामेछापको धोबी गाविसमा एक कार्यक्रमको आयोजना गरी एमाले प्रवेश पनि गरे । तर गोविन्दको बानी बुझेका एक मञ्च पदाधिकारी सीतालाई पनि गोविन्दले यता न उताको बनाएर छाडनसक्ने आशंका व्यक्त गर्छन् ।
सीतालाई कान्छी बनाएर पार्टी पनि प्रवेश गरेका उनले छाडिहाल्न सजिलो छैन । तर जेठीसँग सम्बन्ध बिच्छेद नभएसम्म कान्छीलाई औपचारिक श्रीमती बनाउन पनि सक्ने अवस्था छैन ।
घरकी दुई सन्तानकी श्रीमतीलाई बेवास्ता गरी आफ्नै पार्टी निल्ला नेतालाई बीहेका नाममा कानूनी प्रक्रिया नपुर्याई गर्भवती बनाउनेसँग उसकै खर्चमा गई महासचिवले पार्टीसदस्यता दिनु राम्रो काम नभएको रामेछाप जिल्ला समितीका एक पदाधिकारी बताउँछन् । सम्पर्क मञ्चको सबै ऋण गोविन्दले तिरिदिने शर्तमा तत्काल यी दुईको बीहेका बारेमा नकारात्मक कुरा नगर्नेमा सिंगो मञ्च सहमत भएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses