फेसबुक प्रोफाइलमा फोन नम्बर राख्नु भएको छ ? हटाइहाल्नुस्
के तपाइँले फेसबुकमा आफ्नो मोबाइल नम्बर एड गर्नु भएको छ । प्रोफाइलमा फोन नम्बर एड गर्नु भएको छ भने तत्काल हटाइहाल्नुस् ।
यदि तपाइँले फेसबुकमा फोन नम्बर राख्नु भएको छ भने त्यहाँबाट सर्च गरेर तपाइँको जानकारी हुने गरेको खुलासा भएको छ । तपाइँको प्राइभेसी सेटिङ्समा जे सुकै भएपनि यस्तो जानकारी लिन सकिने हालै गरिएको एक अध्यनले देखाएको छ ।
फेसबुकले गत एप्रिलमा नै यो समस्या सम्बोधन गरेको दावी गरेपनि यस्तो समस्या उस्तै रहेको यो रिपोर्टले देखाएको छ । फेसबुकका करिव १४ लाख प्रयोगकर्ताको अकाउण्ट ह्याकर्सको हातमा रहेको बताइन्छ ।
RAND कोर्पोरेशनको नेशनल सिक्योरिटी डिभिजनको गत वर्षको रिपोर्टले पनि फेसबुकबाट प्रयोगकर्ताको नाम, नम्बर र अन्य जानकारी समेत जम्मा गरेर नेटवर्किङ ब्यापार गर्नेहरुलाई बेच्ने गरिन्थ्यो ।
यो रिपोर्टले ट्वीटर र फेसबुक अकाउण्टमा प्राप्त भएका क्रेडिटकार्डबाट समेत करोडौंको ठगी भएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses