चीनले बनायो ‘स्वर्ग’ जाने भर्याङ ! (फोटोफिचर/भिडियो)
तर यो हामीले चढेर ‘स्वर्ग’ जान मिल्ने भर्याङ् भने होइन । आकाशमा जान नमिल्ने भए पनि यसको नाम भने ‘स्काई ल्याडर’ राखिएको छ, जसको मतलब हुन्छ, आकाशे भर्यांग । बिभिन्न केमिकलको समिश्रणमा तयार पारिएको एक कलात्मत्क चमत्कार हो । उनले यो कलाकृति तयार पार्न २१ बर्ष अघि काम सुरु गरेका थिए । यसमा उनले हिलियम बेलुनको प्रयोग गरेका छन्, जुन सल्किएपछि भर्याङ्को आकारमा आकाशतर्फ गई रहन्छ । ५०० मिटर लामो यो अद्भुत सिंडी फेदबाट आगो लागेको ८० सेकेण्डसम्म बलेको थियो ।
उनले यो तयार गर्न पटक पटक कोशिस गरेका थिए, यस पटक उनी सफल भए । यो सफलता उनी आफ्नो हजुरआमाको नाममा सुम्पिन चाहन्छन् किनभने उनले आफ्नो हजुरआमाको १०० बर्षको जन्म तिथिमा यो सफलता हात पारे ।
हेर्नुस भिडियो कस्तो छ भर्याङ्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses