मन्त्री महेश बस्नेतले आफैंले खोले डनहरुसँगको रहस्य
काठमाडौँ १९, श्रावण ।  २३ वर्षको उमेरमा गाविस अध्यक्ष भएका महेश बस्नेत युवा उमेरमै मन्त्रीसमेत बनिसकेका छन् । सुरुमा गुण्डाका संरक्षकलाई मन्त्री बनाएको भन्दै उनको निक्कै आलोचना भयो । तर, यतिबेला क्याबिनेटका स्वच्छ छविका थोरै मन्त्रीमध्येमा उनको पहिचान बनेको छ । युथफोर्सका इन्चार्जका रुपमा ७ वर्षअ घि मात्र चर्चा आएका बस्नेतले छोटो अवधिमै राजनीतिमा निक्कै छलाङ मारिसकेका छन् । मन्त्री बस्नेतले हालै ‘म महेश’ नामक आत्मकथा लेखेका छन् । जसमा उनले आफ्नो आरोह अवरोहको बारेमा खुलाएका छन् । साथै विभिन्न घटनाहरुको खुलासासमेत गरेका छन् ।

आफूसँग नाम जोडिएका डनहरुको बारेमा पनि उनले पुस्तकमा खुलाएका छन् । गतवर्ष प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’लाई वाइसियलको आतंकविरुद्ध प्रयोग गर्न पार्टीमा भित्र्याएको उनले उल्लेख गरेका छन् । अखिल नेता ऐन महरले चरीलाई भित्र्याउनेबारे प्रस्ताव ल्याएको उल्लेख गरेका छन् । ‘तपाईंले एउटा मौका दिनुस् दाई, हामी सुध्रिएर देखाउँछौं’ भनेपछि आफूले विश्वास गरेर युथफोर्समा प्रवेश गराएको बस्नेतले लेखेका छन् । बुटवल महाधिवेशन चलिरहेका बेला एक व्यक्तिलाई गोली हानेर चरीले बस्नेतलाई फोन गरेका थिए । चरीसँगको सम्बन्धका बारमो उनले आफ्नो किताबमा लामो लेखेका छन् । अर्का विराटनगरे डन पर्शुराम बस्नेतबारे पनि उनले लेखेका छन् । एमालेको गुटबन्दी र आफू मन्त्री बन्दा आरोह अवरोहलाई पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । दृष्टि साप्ताहिक


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.