ज्योती मगरको अभिनय रहेको ‘ढाडे बिरालो’ लाई प्रसारणमा रोक लगाउन माग -
समाजमा गायिकाको रुपमा परिचय बनार्ईसकेकी राष्ट्यि गायिकाले यस्तो अस्लिल प्रकारको अभिनय गरी समाजमा लोक गितकै बिषयमा नराम्रो सन्देश प्रवाह गरेकाले त्यस्ता गायक गायिका र कलाकार लाई समेत कारबाहि हुनेगरी नेपाल सरकारले निति निमार्ण गर्दै आगामी दिनमा यस्तो बिक्रीति रोक्नु पर्नेमा जोड समेत उनले जोड दिए । कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले गितको सेन्सर गरी प्रसारण गर्ने ब्यवस्था गर्नु आवश्यक रहेको बताए ।
कला भन्दा पनि पैसाले गायक हुनेहरुका कारण लोक संगितमा असर परेको र छाडापन आएको बताउँदै उनले त्यस्तालाई रोक लगाउन नेपाल सरकारले तत्काल लोक दोहोरी बिकास वोर्ड स्थापना गर्नु पर्ने बताए । त्यस्तै लोक गायक तथा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष बद्रि पंगेनीले छाडा गित र भिडियोहरुले गायक तथा कलाकार लाई समाजले हेर्ने दृष्टिकोण फरक भएको भन्दै यस्ता गित र भिडियोहरुलाई सरकारले रोक नलगाए भोलिको लोक संगितमा छाडा शव्दहरु र भल्गर दृश्यहरु मात्रै रहने बताए । यसैबिच प्रतिष्ठानले आगामी असोज १५ र १६ गते गैडाकोटमा १५ औ बार्षीक साधारण सभा गर्ने भएको छ । करिव ३०० गायक गायिकाको उपस्थितीमा साधारण सभा गर्ने तयारी भएको प्रतिष्ठानले जनाएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses