गायिका ज्योती मगरद्वारा प्रेस काउन्सिलमा उजुरी
दर्ता नभएका अनलाइनहरुलाई साइबर क्राइम अनुसार कारबाहीको माग
काठमाडौँ, २९ साउन । गायिका ज्योती मगरले आफ्नो बारेमा गलत समाचार सम्प्रेषण गर्ने अनलाइनहरुलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी गरेकी छन् । अनलाइनमा प्रकाशित सामग्रीहरुले आफ्नो मानहानी भएको भन्दै गायिका मगरले काउन्सिलमा उजुरी गरेकी हुन् ।
गायिका मगरले काउन्सिलमा दर्ता भएका मिडिया भए आचारसंहिता अन्तर्गत कारबाही गर्न र दर्ता नभएका मिडिया भए विधुतीय एन अन्तर्गत कारबाहीका लागि सिफारिस पत्रको माग गरेका छन् । ‘समाचार प्रकाशित गर्ने अनलाइनहरु प्रेस काउन्सिलमा दर्ता भएका हुन् भने आचारसंहिता अन्तर्गत र अनधिकृत हुन् भने साइबर क्राइम अनुसार कारबाहीका लागि सिफारिस पत्र उपलब्ध गराई पाउ ।’ उजुरीमा भनिएको छ ।
गायिका मगरले ‘चोरी खान पल्केको ढाडे बिरालो’ गीतमा गरेको अभिनयलाई लिएर बिभिन्न टिकाटिप्पणी हुनुका साथै सामाजिक संजालहरुमा विवाद उत्पन्न भएको थियो ।
news/अनलाइन पत्रिका बाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses