आफ्नो क्षमताबारे डाक्टरलाई जानकारी नगराउन आदित्यको अनुरोध !
काठमाडौं, साउन । उपचारका लागि अमेरिका पुगेका ‘गुगल व्वाई’ अदित्य दाहालको मंगलबारदेखि स्ट्याण्डफोर्ड अस्पतालमा उपचार शुरु गरिएको छ । तर, आदित्यको क्षमताबारे उनको उपचारमा खटिएका चिकित्सकलाई भने जानकारी दिइएको छैन् ।

आदित्यकै आग्रहअनुसार उनको क्षमताबारे चिकित्सकलाई जानकारी नगराइएको हो । क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पताल भर्ना गरिएको अदित्यमाथि चिकित्सकको टोलीले अनुसन्धान थालिसकेको छ । उनको रगत तथा पिसाबको प्रारम्भिक परीक्षणहरुमा केही खराबी नदेखिएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले जानकारी दिए ।

शुक्रवार उनको एमआरआई गरिने पनि उनले बताए । अस्पतालमा आदित्य निकै खुशी रहेको बताईएको छ ।
सोमबार सामान्य स्वास्थ्य परिक्षण गरिएको आदित्यलाई मंगलबारमात्र अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आदित्यलाई भेट्न थुप्रै नेपालीभाषी पुगे पनि उनको बाबुआमा बाहेक अरुलाई भेट्न अनुमति दिएको छैन । Source: Dainik Nepal
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.