प्रहरीसंगको झडपमा थुप्रै सभासद्हरुको हातखुट्टा भाँचियो पुरा पढ्नुहोस :
काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।
लित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते हुनुभएको छ ।
उहाँले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses