अखण्ड रुकुम माग्दै पाँचौ दिनपनि आन्दोलन जारी
रुकुम जिल्लालाई प्रस्तावित पाँचौ प्रदेशमा कायम गरी जिल्लालाई अखण्ड राख्न माग गर्दै गत साउन २४ गते देखि जारी आन्दोलनको पाँचौ दिन आज विहिबार बिहानै देसख जिल्ला पुर्ण रुपमा ठप्प छ ।
हिजोसम्म बजार, उद्योग, कलकारखाना र यातायात मात्र बन्द रहेको भएपनि आजबाट कार्यालय समयमै आन्दोलनकारी जिल्लाका सबै कार्यालयहरुमा पुगेर जिल्लाका सम्पुर्ण सरकारी र गैरसरकारी कार्यालयहरु समेत पूर्ण रुपमा बन्द गराएका छन् जसकाकारण जिल्ला पुर्ण रुपमा सुनसान छ ।
विहानैदेखि आन्दोलनकारीहरु चोक–चाकेका जम्मा भएर प्रदर्शन गरिरहेका छन् । अखण्ड रुकुम संयुक्त संघर्ष समितिले अगुवाई गरिरहेको आन्दोलन आज थप चर्काउने आन्दोलनकारीले बताएका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses