‘मोदीको पुत्ला दहन नगर’- प्रधानमन्त्री
काठमाडौं, १४ असोज । भारतले नेपालमा बिगत एक हप्तादेखि जारी राखेको अघोषित नाकाबन्दीको बिरुद्धमा देशको बिभिन्न स्थानका विद्यार्थी तथा आम सर्वसाधारण नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दे पुत्ला दहन गरेका छन् । देशमा पेट्रोलिय पदार्थलगायत अन्य अत्यावश्यक सामग्रीको हाहाकार भईरहँदा भारतीय सरकारको नाङ्गो हस्तक्षप भएको भन्दै यतिबेला देश पुरै भारत बिरुद्ध जगरुक छ । नेपाली जनता स्वस्फूर्त रुपमा भारत बिराधी नाराबाजी गर्दे सडकमा उत्रिन थलिसकेका छन् । kiorala
यसै मेसोमा भातीय हस्तक्षप तत्काल अन्त्य गर्दे नेपालमा सहज वातावरण निर्माण गर्न आग्रह गर्दे प्रधानमन्त्री सुशिल कोईरालालाई बिद्यार्थी संगठनहरुले ज्ञापन पत्र बुझाएका छन । बालुवाटारमा ज्ञापन पत्र बुझ्दै प्रम कोईरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन नगर्न र भारतीय झण्डा नच्यात्न नडढाउन ती बिद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

भारतीय नाकाबन्दी तथा तराईमा जारी आन्दोलनबाट भएको समस्या समाधान गर्न आग्रह गर्दै विहीबार बिहान ९ विद्यार्थी संगठनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देशका विभिन्न स्थानमा भएको भारत विरोधी गतिविधिप्रति आफू गम्भीर रहेको प्रधानमन्त्री कोइरालाले विद्यार्थी नेताहरुलाई बताए ।

विद्यार्थी संगठनका प्रतिनिधिले भारतले नेपालप्रति देखाएको हेपाहा चरित्रको कूटनीतिकरुपमा विश्वव्यापी प्रतिवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । विद्यार्थी तथा सर्वसाधारण जनताले बिहिबार सिन्धुली र मकवानपुर जिल्लामा मोदीको पुत्ला दहन गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.